टुकीको शैक्षिक अभियान दोलखामा

दोलखा, २ असार । ग्रामीण विकास टुकी संघ चरिकोटले  शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यका साथ जिल्लाको ग्रामीण भेगमा शैक्षिक अभियान सञ्चालन गरेको छ । संघले विश्व शिक्षाको साझेदारीमा बालबालिका विद्यालयभन्दा बाहिर नरहुन् भन्ने उद्देश्यले २० स्थानमा ट्युसन कक्षा, तीनवटा केन्द्रका चार सय ७५ विद्यार्थीलाई पोसाकसहित शैक्षिक सामग्री  वितरण गरेको छ । ग्रामीण विकास टुकी संघका कार्यकारी अधिकृत पुरूषार्थ श्रेष्ठले भने, ‘एक विद्यार्थीलाई करिब दुई हजार बराबरको सामाग्री वितरण गर्नुका साथै जिल्लामा शैक्षिक उत्थानको आन्दोलन निरन्तरअगाडि बढाएका छौँ ।’ जिल्लाको घ्याङसुकाठोकर गाविसको भुमेस्थान मावि, मिर्गे गाविसको माझगाउँ निमावि, मेलुङ गाविसको भीमेन्दर निमाविलाई केन्द्र बनाई टुकी संघले विपन्न, दलित, जनजाति एवं जेहेन्दार बालबालिकालाई ती सामग्री प्रदान गरेको संस्थाका दामोदर तिमल्सिनाले बताए ।

प्रतिक्रिया