लगानी सम्मेलन : कुरा कि काम, तयारी कि हतारो

लगानी ल्याउन खोजिरहेकाहरू नै लगानीका बाधक हुन् । यो भन्दा सबैलाई चित्त दुख्ला तर सत्य सत्य हो । यसलाई केबल यहाँ पदको दम्भले दबाइएको छ । यसकारण पनि लगानी सबैले मम भन्नुुपर्छ । ८१ हजार ८०० रुपैयाँ हरेक नेपालीको टाउकोमा ऋण छ । विदेशी लगानीमा बनेका राष्ट्रिय महत्वको आयोजनाहरू नै नेपाली जनताको लागि ऋण बोकाउने माध्यम बनेको सत्यताको बीच लगानी सम्मेलनको यक्ष र इमानदार समीक्षा जरुरी छ ।

विश्वका केही देशमा विदेशीले तत्काल लगानी दर्ता गर्न सकिन्छ । हामीकहाँ दर्जनौँ विभाग, मन्त्रालय, शाखा, उपशाखा, प्रशाखामा फाइल घुमाउनुपर्छ । यो कुरा मैले भनिरहेको छैन, यो जलविद्युत् लगानीकर्ताले भनिरहेका छन् ।

अमेरिकीहरू ‘वाक द टक’ भन्छन् यसको अर्थ ‘जे बोल्छौ त्यहि गर’ भन्ने हुन्छ । हामी कहाँ समस्या यही नै हो । यसर्थ शासक मात्र होइन शासित पनि सुध्रिन जरुरी छ । यही वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । यो लगानी सम्मेलनको बारेमा म एक नेपाली नागरिक तथा नेपालमा व्यावसायिक वातावरण पढाउने शिक्षक भएको नाताले आफूले मुअक, (फिट्टा) बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, औद्योगिक व्यवसाय ऐन, आय कर ऐन, निजीकरण ऐन, सार्वजनिक संस्थान, प्रतिलिपी अधिकार ऐन, आदि धेरै वर्ष अध्यापन गर्दाको ज्ञान र अनुुभवले खुुल्दुुली लागेको छ ।

नेपालमा लगानी अवसर खोजी र लगानी गरिएको आयोजनको अवस्था, नवीकरणीय ऊर्जाको संभावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा उत्थानशील क्षेत्रमा लगानीको अवसर, हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, निर्यात प्रवद्र्धनमा कृषि प्रशोधनमा आधारित आपूर्तिजस्ता बिषयहरूमा लगानी सम्मेलन २०२४ मा छलफल तथा अन्तरक्रिया गरिनेछ ।

ऊर्जा, सूचना प्रविधि, पर्यटन, कृषि, खनिज, पूर्वाधार, वित्तीय क्षेत्र, वन आदिमा आधारित भएर सरकारले १५२ वटा प्रस्ताव अघि सा¥यो । हुन त बजारीकरणको सिद्धान्तमा तत्काल नतिजा नआउने तर केही वर्षपछि नतिजा आउने सोच राख्न सकिन्छ । यद्यपि ९ करोड लागत लाग्ने कार्यक्रमको तयारी के छ, के कति मात्रामा लाभ होला हेर्न बाँकी छ । कुनै पनि सभा सम्मेलनबाट तत्काल फाइदा गर्ने सोच पनि गलत हो, धैर्यता आवश्यक छ । सकारात्मक सोचको आमनेपालीहरूमा खाँचो छ ।

विज्ञहरूको भनाइमा नेपालमा लगानीका समस्याहरूमा कानुुन, प्रशासन झमेला, कर्मचारी प्रवृत्ति, भ्रष्टाचार, राजनीतिक अस्थिरता हो । लगानीका दर्जनौँ फाइदा भए पनि मूलतः नयाँ प्रविधि आउने, व्यवस्थापकीय ज्ञान र सीप भित्रिने तथा विश्व बजारमा नेपाली बस्तु सेबाले स्थान पहुुँच पाउने हुनसक्छ । हुन त सन २००३ देखि डव्लुटिओमा सदस्य भएर पनि नेपालले खासै लाभ लिन सकेको छैन ।

५७ देशका ६९४ कम्पनी आएको यस सम्मेलनमा नेपालको तयारी कम छ भन्दा अन्यथा नहोला । सप्ताह पुराणमा भक्तालु र श्रद्धालुले दान कबुल गरेर पछि दानको रकम नतिरे झँै बोलेरपछि लगानी नगर्ने पनि त्यतिकै छन् । नेपालमा लगानी गर्नेभन्दा पनि आयोजनाहरू ओगटने चलन वर्षौंदेखि निरन्तर छ । लामो समय दर्तामा लाग्ने, कार्यान्वयनमा कठिनाई तथा सेवा क्षेत्रमा आउने लगानीमा गरिएको भेदभावलाई धेरैले औँल्याएका छन् । विगतबाट सिकेर सरकार अगाडि बढनुु आवश्यक छ । कर छुुट, नाफा लैजान सहज, बजारको सुविधा, राज्यबाट सहुुलियत ऋण सुविधा आदि कुराहरू पनि लगानीका पक्षहरू हुुन । कच्चा पदार्थ, भौतिक पूर्वाधारको कमि, सुुरक्षा चुनौती लगानीका समस्या हुन् ।

पार्टी सरकार, कर्मचारी, कानुुन, टे«ड युुनियन, उपभोक्ता, डन, गुन्डाजस्ता समस्याहरू अधिक छन् । लगानीलाई आवश्यक पर्ने बत्ती, पानी, टेलिफोन, सडक सबैतिर कमी छ । साथै दोहोरोतेहोरो कर प्रणाली, प्रवेशआज्ञाको अनुमति आदि समस्या छन् । विश्वमा इतिहास हेर्दा बढी लगानीको वातावरण भएको देश जर्जिया देखिन्छ । जहाँ २ देखि ३ दिनमा व्यवसाय दर्ता गर्न सकिन्छ । लगानी मैत्री देशहरूमा सिंगापुर, बेलायत, अमेरिका, आयरल्यान्ड, चीन, जर्मनी, ब्राजिल र नेदरल्यान्ड मानिन्छ ।

नेपालमा पनि लगानी सम्मेलनमा चीन, भारत, आयरल्यान्ड, सिंगापुर अग्रणी मानिन्छन् । हामीकहाँ स्वदेशीकै लागि पनि व्यवसाय दर्ता गर्न के के गर्न आवश्यक छ । यो बुुझ्न जरुरी छ । कर, भ्याट, वार्ड, व्यवसायसम्बन्धी कार्यालय, विभाग, मन्त्रालय, निकाय, नगरपालिकामा दर्ता गर्नुपर्छ । विदेशीको हकमा अर्थ, परराष्ट्र, उद्योग, वाणिज्यमा दर्ता, स्थानीय निकाय छँदै छ । साथै अन्य निकायहरू ः नेपाल राष्ट्र बंैक, कम्पनी रजिस्टार कार्यालयमा पनि सम्पर्क गर्नुपर्छ । अक्सर गरेर विदेशी लगानीकर्ताले उद्योग र व्यवसायमा लगानी गर्न पूर्व कानुन व्यवसायी मुकरर गर्छन् । विदेशबाट आएका लगानीकर्ताको महँगो होटलको बसाईं चर्को पर्छ । जथाभावी कानुनी शुल्कदेखि, कर्मचारीको दरिद्र सोच लोभको पराकाष्टा, राजनीतिक दलको चन्दा आतंक, टोले डन गुन्डाको शुल्क, अव्यावहारिक कानुन, भाषागत समस्या, दोभाषेको असक्षमता यी सबै समस्या व्यवसाय सुरु गर्दै गर्दाको समस्या हुन् ।

विदेशी लगानीमा तीन तहमा समस्याहरू छन् । एक दर्तामा नै समस्या जुन व्यवसाय पूर्वको समस्या, व्यवसाय सुरु भएपछिको समस्या र व्यवसाय गरेपछि नाफा घर लैजाने समस्या । यी तीन समस्याको समाधान इमानदारपूर्वक, दृढ इच्छाशक्ति राखेर लगानीकर्ताको विश्वास जित्नसकेमा मात्र लगानी बढछ । लगानी ल्याउन खोजिरहेकाहरू नै लगानीका बाधक हुन् । यो भन्दा सबैलाई चित्त दुख्ला तर सत्य सत्य हो । यसलाई केवल यहाँ पदको दम्भले दबाइएको छ । यसकारण पनि लगानी सबैले मम भन्नुुपर्छ । ८१ हजार ८०० रुपैयाँ हरेक नेपालीको टाउकोमा ऋण छ । विदेशी लगानीमा बनेका राष्ट्रिय महत्वको आयोजनाहरू नै नेपाली जनताको लागि ऋण बोकाउने माध्यम बनेको सत्यताको बीच लगानी सम्मेलनको यक्ष र इमानदार समीक्षा जरुरी छ ।

जे डेगेनहार्डले २०२३ अगष्टमा प्रकाशित गरेको तथ्यांकअनुसार व्यवसाय दर्ता गर्न जर्जियामा १ दिन मात्र लाग्ने, नेपालमा २३ दिन र लाओसमा १७७ दिन लाग्ने उल्लेख छ । यो तत्थांक सन् २०२० को हो, जुनबेला नेपालमा संयुुक्त सरकार थियो । अहिले पनि संयुुक्त सरकार नै छ, अस्थिरता निरन्तर छ । सरकारले जग्गा प्राप्ती, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वन ऐन आदिमा संशोधन गर्ने कुरासँगै सरकार, मन्त्री, विभागीय प्रमुखको लगानीप्रतिको जवाफदेहिता आवश्यक छ । ऐन कानुनभन्दा असल नियत जरुरी छ ।

अहिलेको लगानीको समस्याहरूमा प्रतिलिपी अधिकार, ट्रेडमार्क, प्रविधि हस्तान्तरण, सेयर बिक्री, लाभांश, कर छुट, प्याटेन्ट, मजदुर ह्डताल, तालाबन्दी, सरकारी निर्णयमा ढिलाइ, कानुनको पुरातन सोच, कर्मचारी सोचको कारणले समस्या भइरहेको छ । साथै द्विपक्षिय लगानी संरक्षण तथा सम्बद्र्धन संझौता (बिप्पा) र (डिटिए) डबल ट्याक्स एभ्वोड ट्रिटी (दोहोर कर हटाउने सम्झौता), वैदेशिक मुद्र्रा, लाइसेन्स तथा फ्रेन्चाइज, रणनीतिक समझेदारी आदि विषय पनि छन् । विगतमा एनसेल, सूर्य नेपाल, चितवनको टाइगर टप होटलजस्ता कम्पनीको विवाद पनि सिक्नुुपर्ने पाठ हो । साथै विदेशी कम्पनीहरूको प्रवेससँगै सार्वभौमिकताको पनि ख्याल गर्नुपर्छ । वातावरण प्रभाव मूल्यांकनको समय अवधि, अध्ययन प्रतिवेदन, आयोजनाको जग्गा किनबेच, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, प्रतिस्पर्धा प्रतिकूल हुने ऐन, आदिको पुनरावलोकन गर्नुपर्छ ।

लगानी तथा व्यापारका विषय आइरहेका मुद्दाहरू, ग्रिन हाउस प्रभाव, वातावरणका प्रभाव, कार्बन उत्सर्ग, सांस्कृतिक विचलन, वायु, जल, ध्वनी, प्रदुुषण, सम्पत्ति शुद्धीकरण, एकाधिकार, प्रविधि हस्तान्तरण, तालिम अनुसन्धानजस्ता विषय तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता गर्दाको दुुईतिहाइ बहुमतको प्रावधान लागि पनि ध्यानाकर्षण गरिनुपर्छ ।

संस्थागत कर, रोजगार अवसर, खेर गइरहेको स्थानीय साधन स्रोतको उपयोग, ज्ञाप सीप क्षमता दक्षता विकास, व्यापार घाटा कम गर्न सहायक सिद्ध हुने भएकाले दलहरूले आफ्ना कार्यकर्ता सरकारका दलहरू कर्मचारी सर्वसाधारणलाई विज्ञापनमार्फत सुसूचित गराउनुपर्छ । प्रर्वद्धनात्मक र्कायक्रम ः रेडियो, टिभी, पत्रपत्रिका, होर्डिङद्वारा प्रर्याप्त जनचेतना जुटाई वैदेशिक लगानीमार्फत दिगो विकासमा टेवा पु¥याई जनताको गुणस्तर बढाउन सकिन्छ । लगानी सम्मेलनबाट लाभ पाउने अति विपन्न जनता दूरदराजका नागरिक तथा मजदुर किसान वर्गलाई केन्द्रबिन्दु बनाउनुपर्छ किनकी धनाढ्य वर्गलाई खास फरक पर्दैन चाहे लगानी आओस या नआयोस्, तर खासगरी तल्लो वर्ग लाभान्वित हुनुपर्छ ।

प्रतिक्रिया