फतुवा विजयपुरमा फेरिए शिक्षा शाखा प्रमुख

रौतहट । शिक्षामा चरम बेतिथि रहेको फतुुवा विजयपुरमा शिक्षा शाखा प्रमुख फेरिएका छन् । नयाँ शिक्षा शाखा प्रमुखमा राजेशकुमार यादवलाई जिम्मेवारी तोकिएको छ ।
शिक्षा समन्वय इकाइ रौतहटमा कार्यरत उनलाई फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखाको सम्पूर्ण जिम्मेवारी हेर्नेगरी थप जिम्मेवारी तोकिएको हो ।

बुधबार जिम्मेवारी पाएका यादवलाई बिहीबार फतुुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले हाजिर गराएकी छन् । फतुवा विजयपुर नगरपालिकाका हालका संयोजक तेजनारायण यादवको आवश्यक सहयोग समन्वय रहने गरी नयाँ शिक्षा शाखा प्रमुखलाई हाजिर गराइएको भनिए पनि उनलाई पाखा लगाउन शिक्षा शाखा फेरिएको स्रोतको दाबी छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ तथा फतुवा विजयपुर नगरपालिका नगर कार्यपालिकाको निर्देशन बमोजिम शिक्षा शाखा प्रमुख भई कामकाज गर्न यादवलाई भनिएको छ ।

यता फतुुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफू अनुकूल काम गर्न नमानेपछि शिक्षा संयोजकलाई हटाउन लगाएको स्रोतको दाबी छ । उनले आफ्नो दाल गलाउन शिक्षामा यस्तो फेरबदल गर्न लगाएको आरोप छ ।
यसैबीच फतुुवा विजयपुरका पूर्व शिक्षा संयोजक बुनिलाल यादवले स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर अन्यन्त्रबाट कर्मचारी काजमा ल्याएको आरोप लगाएका छन् ।

प्रतिक्रिया