पर्सा । पर्साको धोबिनी गाउँपालिका– ५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार उक्त विद्यालयको हलमा बसेको अभिभावक भेलामा जनप्रतिनिधि र अभिभावकहरुको सहभागिता रहेको बैठकमा विद्यालयको समस्याबारे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी गराएका थिए ।
सो विद्यालयमा विद्यार्थीहरुको संख्या १६ सय ३४ जना र शिक्षकको संख्या ११ जना रहेकाले पठपाठनमा समस्या भइरहेको तथा जति हुनुपर्ने शिक्षामा गुणस्तर दिनमा समस्या भएको प्रधानाध्यापक रामले जानकारी गराएका थिए । नेपाल सरकारले ५० जना विद्यार्थीमा एक जना शिक्षक हुनुपर्नेमा थोरै शिक्षकमा पठनपाठन भइरहेकाले पठनपाठनमा समस्या देखिएको छ ।
विद्यार्थीकोसंख्या अनुपातमा कम्तीमा ३२ जना शिक्षक हुनुमा अहिले ११ शिक्षक रहेकाले शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा दिन नसकेको बताइएको छ । सोही कारणले शुुक्रबार अभिभावक र जनप्रतिनिधिहरुको बैठक बसेर छलफल गरेको प्रअ रामले बताए । गुणस्तरीय शिक्षाका लागि विद्यालयमा विद्यार्थीहरुलाई वर्षमा तीन पटक परीक्षा दिलाउनमा स्थानीय सरकारले थोरै रकम पठाउने गरेकाले अपुग भइरहेको बताइएको छ ।
अहिले केही शिक्षकहरुको व्यवस्थापन गर्न स्थानीय अभिभावक, संघसंस्था र जनप्रतिनिधिहरुसँग चन्दा उठाएर दक्ष शिक्षक राखेर पठनपाठनमा गुणस्तरीय शिक्षा व्यवस्थापन गरिने प्रधानाध्यापक रामले बताए । उनले विद्यालयमा रहेको शिक्षक समस्या, विद्यालय भवन, फर्निचर लगायत समस्या रहेको बैठकमा जानकारी गराएका हुन् ।
आफ्ना छोराछोरी पढाउन गुणस्तरीय शिक्षाका लागि स्थानीय अभिभावकहरुले चन्दा दिनमा समेत ध्यान दिनुपर्नेमा उनले जोड दिदएका थिए । उक्त भेलामा धोबिनीमा विद्यालय सुधार र गुणस्तरीय शिक्षाको लागि सहयोगका लागि गुहार्न परिरहेको स्थानीय अभिभावकहरुले गुनासा राखेका थिए । तर विद्यालय सुधार र आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि अभिभावकहरुले सहयोग गर्न तयार रहेको बताएका छन् ।
सो अभिभावक र जनप्रतिनिधि भेलामा प्रमुख अतिथि रहुेका धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले विद्यालयको समस्यालाई मध्यनजर गर्दै छिटै नै विद्यालयहरुमा शिक्षकको कमिलाई पूर्ति गर्ने बताए । उनले आगामी आर्थिक वर्षमा कमी रहेको शिक्षकहरु पूर्ति गरिने बताए । यस पटक प्रमुख प्रशासकिय अधिकृतको लापरबाहीका कारण शिक्षालगायत अन्य विषयमा पनी समस्या भएको उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्जय यादवले भने यहाँ आफ्नो पाँच दिनमात्र भएको जिम्मेवारी लिएको र अहिले कागजमा हेर्दा अहिलेसम्म पाठ्यपुस्कका केही रकम रोकिएको बताए । बाल विकासका शिक्षिकाहरुले ६ महिनसम्म तलब नपाएको, विद्यालयहरुमा दिवाखाजाको रकम रोकिएको उनले बताए । त्यसैगरी उनले दलित छात्रवृत्तिको रकम रोकिएकोलगायत विद्यालयमा धेरै समस्या रहेको तर जेठ १५ गतेसम्म सबै रकम विद्यालयहरुमा जाने अधिकृत यादवले बताए ।
अभिभावक भेला विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवं वडाध्यक्ष मनौर मियाँ को सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि श्यामकिशोर पटेल, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवान, उपाध्यक्ष चन्देश चौहान, आसमान नेपाल संस्थाका अरबिन्द साह, नेता सलाउदिन अहमद, शिक्षक नागेन्द्र पटेल, लक्ष्मी राउत कुर्मी, सोनालाल पटेललगायतले मन्तब्य राखेका थिए । अभिभावक भेलाबाट विद्यालयमा भइरहेको परीक्षा र विद्यालय सुधार तथा गुणस्तरीय शिक्षाका लागि चन्दा व्यवस्थापन गर्ने निर्णय भएको छ ।
पर्सा
प्रतिक्रिया