मुगु । मुगुका चार वटा स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड रहेको पाइएको छ । मुगुको एक नगरपालिकासहित तीन गाउँपालिकाको बेरुजु रकम १ अर्ब ३० करो १५ लाख २० हजार रहेको पाइएको हो ।
गाउँपालिका राष्टिय महांसघको आयोजनामा मुगु सदरमुकाम गमगढीमा शुक्रबार सञ्चालित स्थानीय सरकारमा वित्तीय अनुशासन पालाना बेरुजु फर्छयौट र सुशासन प्रर्वद्धनका सम्बन्ध जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा मुगुका स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड १५ लाख २० हजार रहेको उल्लेख गरिएको छ ।
मुगुका चार वटै स्थानीय तहको यो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९–८० सम्मको रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएको जनाइएको छ ।
मुगुका चारवटै स्थानीय तह छायाँनाथ रारा नगरपालिका, सोरुगाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कर्मारोङ गाउँपालिकाकामध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकाको रहेको पाइएको छ भने सबैभन्दा कम बेरुजु रकम मुगुम कर्मारोङ गाउँपालिकाको रहेको छ ।
सोरु गाउँपालिकाको सबैभन्दा बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ भने सबैभन्दा कम बेरुजु रकम मुगुमकार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार रहेको छ । त्यसैगरी छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार रहेको छ ।
यता खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार बेरुजु रहेको मुगु सदरमुकाम गमगढी बजार आयोजित कार्यक्रममार्फत महालेखा परिक्षकको कार्यालयका निर्देशक जगनाथ घिमीरेले जानकारी दिए ।
मुगुका स्थानीय तहमा रहेको १ अर्ब ३० करोड १५ लाख २० हजार बेरुजु रकम केहि असुली, केहि प्रमाण कागजात पेश गर्नुपर्ने र केही नियमित गर्नुपर्ने तथा केहि पेस्की रकमसहतिको बेरुजु रहेको पाइएको छ ।
मुगु
प्रतिक्रिया