सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका नवनियुक्त प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको अवसरमा कार्यालयका प्रहरी कर्मचारीहरूले एसपी खड्कालाई खादा, फूलमाला, अबिर र पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
नयाँ प्रहरी प्रमुखको आगमनसँगै सर्लाहीका आम सेवाग्राही नागरिकहरू तथा सीमावर्ती क्षेत्रका बासिन्दाहरूले जिल्लामा शान्ति सुरक्षाको अवस्था थप सुदृढ हुने, सिमानाकामा हुने तस्करी रोकिने, जिल्ला प्रहरी कार्यालयमा रहेको दलालको बिगबिगी रोकिने र प्रहरी प्रशासनको काम कारबाहीमा उल्लेखनीय सुधार हुने आशा व्यक्त गरेका छन् । सर्लाही प्रहरी प्रशासनप्रतिको गुम्दै गएको जनविश्वास क्रमिक रुपले पुनः स्थापना हुने आशा नागरिक समाज, मानवअधिकारकर्मी र सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
स्थानीयवासीहरुले, जनउत्तरदायी, सहज र अपेक्षित व्यवहार पाउने आशा र बिश्वास व्यक्त गर्दै पीडितको गुनासोमा संवेदनशीलता देखाई दोषीलाई कारबाहीको दायरामा तत्काल ल्याइने अपेक्षा गरेको बताएका छन् । अरूको अस्तित्व र भूमिकालाई स्वीकार गर्ने, पारदर्शिता र सेवा भावनाका साथ व्यवहारिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा आशा र भरोसा गरिएको बताए ।
प्रतिक्रिया