मुग । जिल्लाका सोरु गाउँपालिकाले निमित प्रमुख प्रशासकीय अधिकृतलाई टिकाइराख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै हुन नदिई मन्त्रालयमै फिर्ता गरेको छ ।
सोरु गाउँपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत शिक्षा अधिकृत वीरेन्द्र मल्ललाई गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा टिकाइराख्न गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले मन्त्रालयबाट कामकाज गर्न खटाइएका शाखा अधिकृत हिरालाल आर्चायलाई कार्यालयमा हाजिर हुन नदिई मन्त्रालयमा फिर्ता पठाएका छन ।
गएको वर्ष ६ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका शाखा अधिकृत हिरालाल आचार्य १५ वैशाखमा सोरु गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृतको रमाना पत्रसहित सदरमुकाम गमगढी पुगिसकेका थिए ।
सदरमुुकाम गमगढीबाट हाजिर हुुन सोरु गाउँपालिकाको कार्यालयमा जान तयारी हुँदाहँुदैको अवस्थामा सरदरमुकाम गमगढीबाटै गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले हाजिर गराउन नसकिने भन्दै नयाँ आएका शाखा अधिकृत आचार्यलाई प्रत्यक्ष भेटेर नै चिठ्ठी थमाएर मन्त्रालय फिर्ता पठाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ललाई गएको वर्ष २० चैतमा मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि गाउँपालिकाको प्रशासनिक तथा आर्थिक अधिकार दिएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ वैशाखमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिसकेको छ ।
आर्थिक अख्तियारीसहित नयाँ सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत आर्चायलाई हाजिर नै नगराई मन्त्रालयमै फिर्ता पठाउने कार्यले गाउँपालिकाको दैनिक प्रशासनिक तथा आर्थिक कार्यसमेत अबरुद्ध हुुने देखिन्छ । आर्थिक वर्षको अन्त्यतिर धेरै योजना तथा कार्यक्रमहरूको भुक्तानी दिनुपर्ने अवस्थामा निमित प्रमुख प्रशासकीय अधिकृतबाट गैरकानुनी कार्य हुने भन्दै मन्त्रालयले प्रमुुख प्रशासकीय अधिकृत आचार्यलाई खटाइएको भए पनि अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै हुन नदिने वातावरण सिर्जनाले सेवाग्राही मर्कामा परेका छन् ।
सोरु गाउँपालिकामा नयाँ प्रमुुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आएका आचार्यका अनुसार आफूलाई मन्त्रालयले कामकाजका लागि खटाइको भए पनि गाउँपालिकाको कार्यालय नपुुग्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले हाजिर गराउन नसकिने भन्दै धाकधम्कीसहित फिर्ताको चिठी थमाएको बताए ।
उनका अनुसार आफू तालुक निकाय मन्त्रालयको परिपालानाका साथ सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारीसहित मुुगुु आएको र गाउँपालिकाको कार्यालय नपुुग्दै अध्यक्षले हाजिर गराउन नसक्ने भन्दै थमौती पत्र दिएपछि मन्त्रालय फर्किने अधिकृत आर्चायले बताए ।
यता सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीसँग प्रमुुख प्रशासकीय अधिकृतको हाजिरी किन गराइएन भन्ने विषयमा जानकारी लिन खोज्दा अध्यक्ष शाहीले आफू काममा भएको र पछि फोन गर्ने भन्दै फोन काटेका थिए । पछि फोन गर्दा फोन रिसिभ नै भएन ।
मुगु
प्रतिक्रिया