झरनालाई ‘छेउमा नआउ कान्छी तिमी’ भन्दै आए पुष्प (भिडियो)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पुष्प खड्का र नायिका तथा मोडल झरना रिसालको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त तथा किरण भुजेलको स्वरमा रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको सो गीतको भिडियोका निर्देशक विश्वजंग माझी हुन् । भिडियो आर्यन फिल्मस्को व्यानरमा निर्माण भएको हो । गीतमा ईश्वरलाल सिन्केमानाको छायाँकन रहेको छ ।

प्रतिक्रिया