काठमाडौं । संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दाबी गरिएको सांगीतिक अवार्ड कार्यक्मको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड शनिबार सम्पन्न भएको छ । कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रबन्धक रहेको संसार क्रियशन्स नेपालको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड सम्पन भएको हो ।
बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन प्रमुख अतिथि रहेको सो समारोहमा लेखक, निर्देशक तथा साहित्य अन्वेषक प्रकाश सायमी, नेपालका अभिनेताहरु रविन्द्र खड्का, धिरेन शाक्य र सिमान्त उदास, गायिका देविका बन्दना, गीतकारहरु भुषण खरेल, बुद्धबीर लामा, साहित्यकार बिक्रम भक्त जोशी, नृत्य निर्देशक भुवनदास श्रेष्ठ लगायत विशेष अतिथि रहेका थिए । उक्त नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा ३१ विधाअन्तर्गत १७२ वडा प्रदान गरिएको आयोजकले जनाएका छन् ।
त्यस्तै, नेपाली तथा नेपालभाषाका गीत–संगीतको क्षेत्र ५०औँ वर्षदेखि क्रियाशील गायक तथा संगीतकार रत्न बेहासीलाई नगद २५ हजार राशीसहित लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको सो समारोहमा अग्रज स्रस्टा पवन जोशीलाई नगद १५ हजार सहित मल्टि मिडिया स्टार प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रममा नेपाल भाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरलाई आधिकारिक सम्मान सहितको अवार्ड प्रदान गरिएको थियो । ललितपुर महानगरपालिका– १६ का प्रमुख निर्मल रत्न शाक्यले सर्वोत्कृष्ट गीतकार अवार्ड पाउँदा काठमाडौं महानगरपालिका– १८ का प्रमुख न्हुछेकाजी महर्जनले गीतकार विधामा नै जुरी अवार्ड पाएका थिए । बागमती सफाइका अभियन्ता गीतकार सुन्दरमान श्रेष्ठले गीतकार विधामा नै पिपल्स च्वाइस अवार्ड जितेका थिए ।
३१ विधामा प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको सो समारोहमा कलाकर्मीहरु आशाकाजी थकू, कृष्णभक्त महर्जन, संगीता शाक्य, जुगल डंगोल, रामकृष्ण खड्गीलाई संसार तेज बहादुर स्मृति अवार्ड प्रदान गरिएको थियो भने सरस्वती मानन्धर, बुद्ध सायमि,रबि सायमि, अनिल तुलाधर, सुरेन्द्र मानन्धर, निशा देशार र विश्वास बज्राचार्यलाई संसार सप्तरंगी सम्मान प्रदान गरिएको थियो ।
सोही समारोहमा विशेष योगदान सम्मान स्वरुप सोहन मानन्धर,किशोर कुमार शाही, बिजय मास्कि मगर,सबिना मानन्धर र रुखसाना महर्जनलाई सम्मानित गरिएको थियो भने सामाजिक अभियन्ता राजाराम तण्डुकारलाई संसार फेसबुक प्रोफाइल अवार्ड प्रदान गरिएको थियो ।
प्रतिक्रिया