अनेमसंघ (समाजवादी) को सातौँ सम्मेलन सम्पन्न, अध्यक्षमा मुनु सिग्देल र महासचिवमा राजेन्द्र लक्ष्मी गैरे

काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलन केही पद चयन गर्न बाँकी राखेर सम्पनन भएको छ । जेठ ३ र ४ गरे भएको सम्मेलनले अध्यक्षतामा मुनु सिग्देल र महासचिवमा राजेन्द्र लक्ष्मी गैरे लगायत केही पदाधिकारी सर्वसम्वत चयन गरेको छ ।

२१ सदसीय पदाधिकारी रहने सो संगठनमा १० पदाधिकारी टुंग्याउ बाँकी छ । आइतबार सर्वसम्मत भएको पदाधिकारीमा अध्यक्ष, महासचिवसहित उपाध्यक्षहरूमा उषा पोखरेल, अनारकलिम मियाँ, कलिना खान, देवी ओली, गीता सोडारी, र भगवती नेपाल छन् ।

बाँकी रहेको अन्य पदाधिकारी तथा सदस्यहरुका लागि सहमतीका आधारमा टुंगो छिट्टै लगाउन संठनले जनाएको छ । टुंग्याउन बाँकी रहेको पदमा १ उपाध्यक्ष, २ उपमहासचिव, ६ सचिव र १ कोषाध्यक्ष रहेको अध्यक्ष मुनु सिग्देलले बताइन् ।

उनका अनुसार पूर्णता हुन बाँकी रहेको पदाधिकारीमा सहमतीका आधारमा छिट्टै टुंगो लगाइ संगठको कामलाई अगाडी बडाइने छ । ‘अनेमसंघ समाजवादीलाई महिला आन्दोलनको नेता संगठनका रुपमा स्थापित गर्ने समाज परिवर्तनको महत्वपूर्ण अंगका रुपमा भूमिका निर्वाह गरिने छ,’ अध्यक्ष सिग्देलले भनिन् ।

‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नाराका साथ भएको सम्मेलनले संगठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै बिभिन्न राजनीतिक, सांगठानी, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरेको छ ।

सम्मेलनको उद्घाटन ९एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । नयाँ नेतृत्वमा पदाधिकारीसहित २५१ जनाको कमटि रहने छ ।

प्रतिक्रिया