राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको प्रहरीलाई स्वागत र भेटघाट कार्यक्रम

काठमाडौं । राष्ट्रिय लोक दोहोरी व्यवसायी संघ केन्द्रिय समितिको नवनियुक्त डिएसपी र इन्सपेक्टर स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी बृत्त महाराजगञ्ज नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहको लागि ‘स्वागत तथा भेटघाट कार्यक्रम’ हिजो नयाँ बसपार्कस्थित मधुवन दोहोरी साँझमा सम्पन्न भएको हो ।

यस कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष चुडाबहदुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी प्रहरी बृत्त महाराजगञ्जका नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहको विशेष आतिथ्यता रहेको थियो ।

कार्यकममा यसै संस्थाकी उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तब्य राखेकी थिइन् । लोक दोहोरी व्यवसायीहरु, कलाकार र दोहोरी साँझमा कार्यरत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा दोहोरी साँझको विकृति, ध्वनी प्रदूषण र नयाँ बसपार्कस्थित दोहोरी साँझहरुको क्रियाकलापहरुको बारेमा छलफल गरिएको थियो । साथै प्रहरीले दोहोरी साँझ सञ्चालकहरु र कामदारहरुलाई पटक–पटक दुःख दिएको विषयसँगै प्रहरीसँग असुरक्षित महसुस गरेको कुरा पनि दोहोरी व्यवसायीहरुले गुनासो गरेका थिए ।

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितिका अध्यक्ष एवं गायक दिपसागर थापाले प्रहरी बृत्त महाराजगञ्जका नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापा र प्रहरी प्रभाग नयाँ बसपार्कका नवनियुक्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया