काठमाडौँ । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका-२ साढे सात किलो सुन बरामद भएको छ भने एक जना पक्राउ परेका छन् । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद गरेको रसुवाका प्रहरीले जनाएकाे छ ।
उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् । बरामद भएको पहेँलो वस्तु साढे ७ किलोभन्दा बढी रहेकाे यकीन गर्ने काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया