काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ को भिडियो सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामूहिक आवाज रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत रहेको छ ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ ।
सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ र मास्टरिङ एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् । उक्त गीतको भिडियो गोविन्द मधुर आचार्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया