काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार (जेठ ५) साँझ भेटवार्ता सम्भव भएन । सत्तासाझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी थियो । तर, ओली भेट्न देउवा गएनन् ।
दुई नेता भेटका निम्ति मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफलको तयारी थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन ।
प्रतिक्रिया