मुख्यमन्त्री यादवद्वारा मटिहानी आगलागी प्रभावित क्षेत्रको निरीक्षण

मटिहानी । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरी मटिहानी–६ स्थित आगलागी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुगेर जनकपुर फर्के लगतै मुख्यमन्त्री यादवले मटिहानी पुगि आगलागी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारको अवस्थाबारे जानकारी लिएका थिए ।

पीडित परिवारसंग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता गरे । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्दे उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिन राहत प्याकेज वितरण गर्न कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।

बैशाख १२ गते मटिहानी नगरपालिका –६मा भएको भिषण आगलागीमा परी एक सय ३ घर जलेको थियो ।

प्रतिक्रिया