२५ वर्षदेखि निःशुल्क शिक्षा दिँदै साह, राज्यले अझै देखेन

रौतहट । स्वार्थ र चरम भ्रस्टाचार अनियमिताले भरिएको अहिलेको अवस्थामा पनि रौतहट जिल्लामा एक जना शिक्षक निस्वार्थ रुपमा आफ्नो निजी लगानी गरेर सयौँ बाल बालिकालाई दुइ दशकदेखि शिक्षा प्रदान गर्दै आएका छन् ।

आफ्नो आर्थिक अवस्था बलियो नहुदा पनि गरिब, दलित, असहाय, टुहुरा बाल बालिकालाइ शैक्षिक सामग्री दिएर निःशुल्क रुपमा अध्यन गराउदै आएका शिक्षक हुन्, गौर नगरपालिका–१ का निरज साह । उनी २४ वर्षदेखि यहाँका विपन्न तथा दलित बालबालिकाको पठनपाठनमा सहयोग गर्दे आएका छन् ।

जिल्लाको मध्य भागमा रहेको गौर राइस मिल एण्ड फ्लोरको जिर्ण अवस्थामा रहेको घरको बरण्डामा बाल बालिका पढाउदै आएका छन् उनी ।

कृष्णकुमार साह र मुनि देवीको जेठो छोरा रहेका उनी २०३९ माघ २२ जन्मिएका हुन् । साहको यो अभियानलाइ सबैले सारहना गरे पनि आर्थिक, भौतिक रुपमा चाहिँ उनले अहिलेसँम्म कहिँ कतैबाट सहयोग पाएका छैनन् ।

गरिबी अवस्थामा संघर्ष गरेर शिक्षा संकायमा स्नातक हासिल गरेका साहले भने, ‘शिक्षाको महत्व आजको युगमा धेरै नै रहेकोले कोहि बालबालिका शिक्षाको अवसरबाट बञ्चित नहोउन भन्ने उदेश्यले अनेक समस्याका बमदुज पनि यो अभियानलाई निरन्तरता दिएको छु ।’

सन्तान विद्यालयमा पढाउन नसक्ने विपन्न अभिभावकलाइ आग्रह गरेर उनीहरुको छोरा छोरीलाइ बोलाएर पढाउने गरेको साहले बताए ।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका उनले पढाइमा आइ पर्ने आर्थिक समस्या नजिकबाट भोगेका छन् । जेठो सन्तान भएका कारण आफूले आफ्नो पढाई तथा दुई भाइको पढाईमा गनरेको दुःख भूलेका छैनन् । ‘पीडा के हो, समस्या कसरी झेल्नुपछ्र्र भोगेको छु, कुनै पनि बालबालिकाले आफूले जस्तो अवस्थाबाट गुज्रिनु नपरोस भनेर सहयोग गरेको हुँ,’ उनले भने ।

उनको बाल्यकाल सुखद थिएन, बुबा चिया पसल चलाएको भरमा ८ कक्षासम्म पढाए । सानै छदा उनका बुवा क्षयरोगÞको शिकार भए त्यसपछि उनको टाउकोमा निम्मेवारी बढयो, आफ्नो पढाइ र भाइको दायीत्व । उनले निकै दुःखका साथ मिहनेत गरेर आई एस सी, आई एड र बि एडसम्म अध्यन गरेको बताए ।

उच्च शिक्षाकाृ खर्च जोहो गर्न बस धुने सम्मको काम गरे उनले । एउटा बस सफा गरे बापत ४० रुपैयाँ पारिश्रमिक पाउथे । ‘एक दिनमा ३–४ वटा बस धुन्थे, त्यस वापत पाएको पैसाले बिद्यालयको फिस तिर्ने, किताब, कलम किन्ने गर्ने,’ उनले संघर्षका दिन सुनाए ।

युवा अवस्थामा भोगको दुःख सम्झिदै गर्दा उनका आँखा आसुले भरिए । उनले आर्थिक समस्या मात्रै झेलेनन समाजका अपहेलना पनि खेपे । ‘बिरामी भएँ । समाजका केहि व्यक्तिले हेला गर्ने, घरमा बस्न नदिने जस्ता अमानविय व्यवहार गरे । अनके समस्या झेले तर, मुटु दह्रो बनाएर लक्ष्य पुरा गरेर नै छाडे,’ उनले भने ।

बिभिन्न सामुदायिक बिद्यालयमा निजी स्रोत शिक्षकको रुपमा कार्य गर्दै आएका साह अहिले गौर नगरपालिका–५ मा रहेको आधारभूत बिद्यालय बाल मन्दिरमा कार्यरत छन् । १५० जना बाल बालिकालाइ अध्यापन गराउदै आएका शिक्षक साहले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित क्षेत्रका निर्वाचित जनप्रतिनिधि कहिँ कतैबाट सहयोग नपाएको गुनासो गरे ।

बुवा बिरामी भएपछी स्वार्थ रुपी समाजले सामाजिक कार्यमा निम्तो दिने कार्य समेत बन्द गरेको पीडा उनले सम्झिदै भने, ‘परिवर्तनको लागि यो निःशुल्क शिक्षालय स्थापना गरेर अघि बढ्दै गए हुँ ।’

मुलुकमा आमुल परिवर्तन आए पनि सामाजिक परिवर्तन हुन सकेका छैन । राजनीतिक आडमा नराम्रो कार्य गर्नेलाइ पुरस्कृत गर्ने तथा राम्रो कार्य गर्नेलाइ अपहेलित गर्ने परम्पराले समाजमा उल्लेखनीय कार्य गर्ने राज्यबाट पाउने मान सम्मानबाट बन्चित हुदै आएको उनले बताए ।

राज्य सत्तामा पुगेकाले पहुँचको आधारमा आफ्ना पार्टीका कार्यकर्तालाई बिभिन्न सहयोग समर्थन गर्ने तथा राम्रो काम गर्नेलाई मूल्यांकन नगर्ने संस्कार बडेको उनले सुनाए ।

१५० जना बाल बालिकालाइ आफ्नो निजी लगानीमा सम्पूर्ण अध्यनका, शैक्षिक सामाग्री दिएर अभियान सञ्चालन गर्दै आएका साहलाइ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उच्च मूल्यांकन गरी सम्मान गर्नुपर्ने उनलाई नजिकबाट जान्नेहरु बताउछन् ।
शिक्षामा उल्लेखनीय योगदान पुर्याउने साहलाइ राष्ट्रपतिले बिशेष सम्मान दिनुपर्ने स्थानीयको माग समेत रहेको छ ।

प्रतिक्रिया