काठमाडौं । शैक्षिक क्षेत्रको हबको रुपमा परिचित पाल्पा जिल्लालाई आफ्नो बिरासत फर्काउन सबै जना लाग्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । आज आइतबार राजधानीमा पाल्पाको शैक्षिक अवस्थाको यथार्थ चित्रण तथा भावि योजना बिषयक अन्तरक्रिया तथा पिएचडि सम्मान कार्यक्रमको आयोजना गरेर उक्त सुझाब दिइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाका सांसद ठाकुरप्रसाद गैरेले यस्ता अन्तरक्रिया कार्यक्रमले पाल्पाको शैक्षिक क्षेत्रमा सुधार गर्न सहयोग पुर्याउने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद एवं संसदको अर्थ समिति सदस्य नारायण आचार्य, नेकपा एमाले केन्द्रीय सदस्य श्रीजना काफ्ले, नेकपा एमाले सम्पर्क समन्वय कमिटिका सहसंयोजक ठानेश्वर बस्याल, नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटिका अध्यक्ष श्रीप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केएमसी एजुकेशन फाउण्डेसन नेटवर्कका एक्जुकेटिभ डाइरेक्टर डा ध्रुव भट्टराई तथा जनता विद्यलय तानसेनका शिक्षक रामप्रसाद ढकालले क्रमशः विश्वविद्यालय शिक्षा तथा विद्यालय शिक्षाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र माथि टिप्पणि तथा सुझावमा भाग लिँदै शिक्षविद्हरुले आ–आफ्नो धारणा राखेका थिए ।
भक्तपुरको जर्मन होम्समा आयेजित कार्यक्रममा २७ जना पिएचडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्राडा शिवराज अधिकारी, डा. सुयोग भण्डारी, प्राडा ध्रुवप्रसाद भट्टराई, डा ध्रुव भट्टराई, डा, नेत्रप्रसाद न्यौपाने, डा. कृष्णबहादुर थापा, डा. राम गोविन्द अर्याल, डा. गोविन्द सुमन नेपाल, प्राडा नारायण पहारी, डा. किरण आचार्य, डा. शिवप्रसाद खनाल, डा. सिता विष्ट कार्की, डा. दामोदर रेग्मी, डा. देवराज आचार्य, डा. शिव पोखरेल, प्राडा फत्तबहादुर केसी, डा. गोपी रेग्मी, डा. भवीश्वर पंगेनी, डा. विष्णु बस्याल, डा. कृष्णप्रसाद बस्याल, डा. नारायण घिमिरे, डा. प्रकाश भट्टराई, डा. राम गोविन्द अर्याल, डा. सविता पाण्डे, डा. सावित्री देवी आचार्य अधिकारी, डा. शोभियतलाल बज्राचार्य रहेका छन् ।
कार्यक्रम तानसेन नगरपालिका पाल्पा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया