काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको आवेदन स्वीकृत

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरू मध्यबाट ३५ जनाको दरखास्त स्वीकृत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै उपकुलपति छनोट तथा सिफारिस समितिको मिति २०८३–०४–०४ को निर्णयानुसार ३५ जना आवेदकको दरखास्त स्वीकृत गरिएको जनाएको छ ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम परेका आवेदनहरू मध्येबाट सिफारिस समितिले उम्मेदवारहरूको नामावली स्वीकृत गरेको हो ।

स्वीकृत सूची अनुसार सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द संजेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बाल चन्द्र लुइटेल, मनिष पोखरेल, प्रचण्ड मान प्रधान, ऋषिकेश पाण्डे, समिर खरेल, सुनिल कुमार जोशी र निरञ्जन पराजुली रहेका छन् ।

त्यस्तै सागर राज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रविन्द्र प्रसाद कायस्थ, हरि प्रसाद न्यौपाने, ध्रुव प्रसाद गौचन, संजय नाथ खनाल, भुपाल गोविन्द श्रेष्ठ, रबिन्द्र विष्ट, विकाश नकर्मी, राजेन्द्र जोशी, भिम प्रसाद श्रेष्ठ, अच्युत प्रसाद वाग्ले, बिराज सिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजन भक्त कायस्थ, जनार्दन लामिछाने, बाल कृष्ण बल र रामकृष्ण रेग्मीको दरखास्त स्वीकृत भएको छ ।

विश्वविद्यालयको नेतृत्वका लागि परेका यी आवेदनहरू मध्येबाट समितिले अब कार्यविधि अनुसार थप छनोट प्रक्रिया अगाडि बढाउने छ ।

प्रतिक्रिया