एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मंडल विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी अख्तियारले गरेको छ ।

यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर संजयकुमार मंडलले एकडारा गाउँपालिका–१ अन्तर्गतका स–साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । उनीहरूविरूद्ध अख्तियारले ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया