सर्वकालीन १० साहित्यकार

को उत्कृष्ट भन्ने चयन साँच्चै कठिन हो । यसमा पनि साहित्यमा भिन्न मत र भिन्न अभिव्यक्त रहन सक्छ । यसै प्रसंगमा समीक्षक विजिनेस गोस्ट राइटरले सर्वकालीन महान् लेखकको सूची तयार गरेको छ । सूचीको १०औँ क्रममा आइरिस लेखक ओसकार वाइल्ड रहेका छन् । पूरा नाम ओसकार फिङ्गल ओ फेटाइ विल्स फाइल्ड कुनै समयमा चर्चित नाटककार थिए । उनले जेल जीवनको पनि सामना गर्नुपरेको थियो । क्रिस्यटन लोडसँग वैवाहिक जीवनमा बाँधिएका उनका दुई कृत्ति इम्पोर्टेन्स अफ विंग अर्नेस्ट र पिक्चर अफ डोरियन ग्रे सर्वाधिक चर्चामा छन् ।

अर्का आइरिस नाटककार तथा कवि जोयस लभको जन्म सन् १८८२ फेब्रुअरी २ मा भएको थियो । युएसेस र अपार्टमेन्ट जस्ता कृत्तिका रजनाकारको डब्लिनको लर्थ इस्ट लेनमा विशाल सालिक रहेको छ । रुसका फियोडर मिखाइलकोभिच डोस्टोयेभ्सीको जन्म ११ नोभेम्बर १८२१ मा भएको थियो । उनी उपन्यास, छोटा कथा र निबन्धमा अब्बल थिए । क्राइम एन्ड पनिस्टमेन्ट र द इडियटजस्ता सफल कृत्तिका यी रचनाकारले मारिया डिमिटियियेना इसेयाभाइसयसँग विवाह गरेका थिए । उनको निधन १८८१ फेब्रुअरी ९ मा भएको हो ।

सन् १८९७ सेप्टेम्बर २५ मा जन्मिएका विलियम फल्कनरको पूरा नाम विलियम मथरबर्ट फल्कनर हो । साउन्ड एन्ड फरी र अ रोज इमिलीजस्ता रचनाका कारण चिनिएका यिनी ओटेले ओल्डोहामसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । सन् १९६२ जुलाई ६ मा उनको निधन भएको हो ।
अर्नेस्ट मिलर हेमिंगवेको जन्म सन् १८९९ को जुलाई २१ मा भएको हो । उनी अमेरिकन लेखक र पत्रकार हुन् । उनी सन् १९५४ का नोबेल पुरस्कार विजेतासमेत हुन् । उनले ६ उपन्यास, दुई छोटा कथा र दसइ नन फिक्सन रचना गरेका छन् । चारपटक विवाह गरेका उनको सबैभन्दा लामो समय टिकेको विवाह भने १५ वर्ष हो । सन् १९६१ को जुलाई २ मा उनको निधन भएको हो ।

भर्जिनिया उल्फ बेलायती नागरिकता भएकी अमेरिकी साहित्यकार हुन् । एडेलायन भर्जिनिया उल्फ पूरा नाम भएकी उनको जन्म सन् १८८२ को जनवरी २५ भएको हो । टु ड लाइट हाउस, मिसेस ड्यालो र ओर्लान्डो उनका प्रमुख कृत्ति हुन् । लियोनार्ड उल्फसँग वैवाहिक बन्धनमा बाँधिएकी उनको निधन सन् १९४१ को २८ मार्चमा ५९ वर्षको उमेरमा भएको हो ।

हेरी पोर्टरको लेखिका जेके रोलिङ सन् १९६५ जुलाई ३१ मा भएको हो । नील मेरीसँग वैवाहिक बन्धनमा बाँधिएकी उनका २ छोरी र १ छोरा छन् । उनी अर्को उपन्यास द क्याजुयल भ्याकेन्सिकको तयारीमा रहेकी छन् ।

जर्ज ओर्वेलको नाममा चिनिने एरिक अर्दर वेलको वास्तविक नाम एरिक अर्थर ब्लेयर हो । उनी सन् १९०३ जुन २५ मा जन्मिएका हुन् । अंग्रेजी पत्रकार तथा उपन्यासकार उनको निधन सन् १९५०को २१ जनवरीमा भएको हो । होमेज टु क्याटेनीय र एनिमल फार्म उनका चर्चित कृत्ति हुन् । एलेन ओ सेगेनेसीसँग वैवाहिक बन्धनमा बाँधिएका उनले पहिलो श्रीमतीको निधन भएपछि सोनिया बर्नवेलसँग दोस्रो विवाह गरेका थिए ।
र्चाल्स डिकेन्सको नामले चिनिने र्चाल्स जोन हफन डिकेन्सको जन्म ७ फेब्रुअरी १८१२ मा भएको थियो । उनी अंग्रेजी लेखक तथा सामाजिक समिक्षक हुन् । डेभिड कपर फिल्ड र ओलिभर ट्विस्टजस्ता विख्यात कृत्तिका रचनाकार यिनको विवाह क्याथरिन थोम्सन होगार्थसँग भएको थियो ।
संसारलाई परिचयको आवश्यकता नपर्ने साहित्यकार विलियम सेक्सपियर नै हुन् । सन् १५६४ को २६ अप्रिलमा जन्मिएका यिनले कति नाटक लेखेका छन् यकिन नहोला । तर, उनका चर्चामा रहेका ३८ नाटक छन् । जसमा १० वटा सर्वकालिन उत्कृष्टको सूचीमा रहेका छन् । सन् १६१६ २३ अप्रिलमा उनको निधन भएको ।

सत्य लुकाउन ढाक्ने गरिन्छ । समाजमा होस् या व्यक्तिको अन्तरनिहित स्वभावमा । जे बाहिर देखिन्छ, त्यो सत्य नहुन सक्छ । जे सत्य हो, त्यो नदेखिन पनि सक्छ । यसै सेरोफेरोमा १९औँ शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए । सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा लिइन्छ । कविता सन् १८९६ मा प्रकाशित भएको थियो । सो शताब्दी नै संसार दास प्रथाले प्रताडित थियो ।
लाउरेन्सका आमाबाबु दुवै दास थिए । दासको छोरा हुनुको पीडा साँच्चै सहन कठिन हुने थियो । त्यसै सेरोफेरोमा लुकाइएको सत्यको बारे सो कविता लेखिएको थियो । धेरैले सो कथालाई लामो समयसम्म कालजयी हृदय विदारक कविताको रूपमा लिने गरेका छन् ।

मानिसको चित्त दुख्नु नितान्त व्यक्तिगत कुरा हो । चित्त दुखाउन पनि बन्देज कसैले लगाउन पाउँदैन र सक्दैन पनि । यस कारण हरेक व्यक्तिको मन दुःखी हुन पाउँछ र आत्म रुन पनि सक्छ । यसैको सेरोफेरोमा धेरै कविता लेखिएका छन् । ती प्रायः कविता अहिले पनि धेरैले सम्झने गरेका छन् । जसले ती कवितामा आफ्नो पीडा देख्छन्, तीनले त झन् मन नपराउने कुरै भएन ।

सिल्भिया प्लाथले आफू अस्पतालको बिछ्यौनामा रहेको ‘टुलिप्स’ लेखेकी थिइन् । यसको अर्थ घण्टी फूल हो । उनी अस्पतालमा निराश भएर मर्ने चाहना राखेकी थिइन् । एउटा घण्टी फूल देखेपछि उनलाई फेरि बाँच्ने चाहना जागेको हो । सन् १९६१ मा लेखिएको सो कविता उनले देह त्याग गरेको दुई वर्षपछि सन् १९६५ मा प्रकाशित भएको हो ।

झ्यालमा बसिरहँदा तोता मैनाको कथा र वेदनालाई महसुस गर्दै पाउल लाउरेन्सले ‘द लेसन’ लेखेका थिए । कथामा उनले आफ्नो जीवनलाई कहिले वसन्त नआउने शिशिर यामसँग तुलना गरेका छन् ।
त्यसै गरी उनको मस्तिष्क थकित र चिन्ताग्रस्त रूपमा व्यक्त गरेका छन् । चराबाट उनले आफ्नो कलालाई अन्यको खसीका लागि प्रयोग गर्न सक्ने पाठ सिकेका हुन् ।

एड्ना सेन्ट सिन्सेन्ट मिले सन् १८९२ देखि १९५० सम्म जीवन बिताएकी कवि हुन् । उनले अलौकिक प्रेम समेटिएको ‘द बलार्ड अफ द हार्ड वेभर’ लेखेका हुन् ।

यसमा त्याग उल्लेख गरिएको छ । उनका आमाले बासँग सम्बन्धविच्छेद गरेपछि बच्चाका लागि नर्सको काम गरेकी थिइन् । गरिबीका बाबजुद उनले आफ्ना बच्चाका लागि कठिनसँग पढ्ने र संगीतका सामग्रीको व्यवस्था गरेकी थिइन् । उनले सन् १९२३ मा यसै कविताका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् । सो पुरस्कार पाउने उनी तेस्रो महिला हुन् ।

जब मानिसले वाचाहरू पूरा गर्न छाड्छ या भनौँ आश्वासन मात्र दिन्छ त्यसले आफैँ सबै गर्नुपर्छ भन्ने शिक्षा पनि दिन्छ । यसै सेरोफेरोमा कोरल लेफयुले लेखेका ‘डिस एप्वाइन्टमेन्ट’ अत्यन्त लोकप्रिय र धेरैले मन पराएको कविताको रूपमा चित्रित थियो ।

जब मानिसको ओरालो यात्रा सुरु हुन्छ नै कसैले पनि मतलब गर्दैन । सम्पूर्ण सामाजिक सञ्जालहरू रहेको फोन साथमा रहँदा पनि त्यसको घण्टी बज्दैन । यसै सेरोफेरोमा एमिली बीले लेखेका ‘सम टाइम आइ गट लोन्ली’ चर्चामा रहेको थियो ।

प्रतिक्रिया