परेश रावल ‘हेराफेरी–३’ बाट बाहिर

नयाँ दिल्ली । केहीसमय अघि बलिउड हिट चलचित्र ‘हेराफेरी’ को तेस्रो शृंखला बन्ने घोषणा भएको थियो । यस कमेडी चलचित्रमा अक्षयकुमार, सुनील शेट्टी र परेश रावलको जोडीलाई हेर्न दर्शकहरू निकै उत्साहित थिए । किनकी यसअघिका सिरिजमा राजु, घनश्याम र बाबुरावको जोडीलाई निकै रुचाइएको थियो ।
यसैबीच चलचित्रबाट परेश रावल बाहिरिएको खबर आएको छ । चलचित्रमा बाबुरावको भूमिकामा देखिएका उनी तेस्रो पार्टमा नहुने भएका छन् ।

रावल स्वयंले आफू आगामी चलचित्रमा नदेखिने एक्समार्फत पृष्टि गरेका हुन् । ‘म यो रेकर्डमा राख्न चाहन्छु कि ‘हेराफेरी–३’ बाट बाहिरिने मेरो निर्णय रचनात्मक भिन्नताका कारणले भएको थिएन । म दोहो¥याउँछु कि चलचित्र निर्मातासँग कुनै रचनात्मक भिन्नता छैन । मलाई चलचित्र निर्देशक प्रियदर्शनप्रति माया, सम्मान र विश्वास छ ।’ उनको यो निर्णयसँगै फ्यानहरू निकै दुःखित भएका छन् । उनीबिना ‘हेराफेरी’ अधुरो हुने र चलचित्र नहेर्न प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया