अग्निपीडितलाई लोहारपट्टी नगरपालिकाको सहयोग

जनकपुरधाम । गत बुधबार मटिहानी नगरपालिका–६ जरलहवा बस्तीमा भएको आगलागीबाट पीडित भएका परिवारलाई खाद्यान्न सामग्री तथा दैनिक आवश्यक विभिन्न सामग्री सहयोग गरिएको छ ।
मटिहानी नगरपालिकाको समन्वयमा शनिबार महोत्तरीको लोहालपट्टी नगरपालिकाले उक्त सहयोग सामग्री वितरण गरेको छ ।

चामल, दाल, च्युरा, दालमोठ, आलु, प्याज, नुन, खाने तेल, चाउचाउ, सोयाबिन, चिनी, चियापत्ती, सागर दूध, बिस्कुट, सलाई, साडी लगायत शरीरमा लगाउने कपडासमेत वितरण गरेको नगरप्रमुख शैलेन्द्रकुमार यादवले बताएका छन् ।

सामग्री वितरण कार्यक्रममा उपमेयर सरिता शर्मा, वडा–१ का वडाध्यक्ष राजिसरण यादव, ६ का दिनेश मण्डल, ९ का श्री नारायण यादव, बलवा नगरिपालिकाको पूर्वनगरप्रमुख विनोद यादवलगायत लोहापट्टी नगरपालिकाका समाजसेवी, बुद्धिजीवी, युवा लगायतको उपस्थिति रहेको थियो ।

बुधबारको आगलागीबाट जरलहवाका १०३ घर जलेका छन् भने २३६ महिला र २३४ पुरुष गरी ४७० स्थानीय विस्थापित भएका छन् ।

प्रतिक्रिया