सिटिजन्स बैंकद्वारा सिलाई मेसिन सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरी चलाउँदै आएको एक सामाजिक संस्था हो । यसले मुस्लिम, मधेसी र अन्य पिछडिएका वर्गका महिला तथा बालबालिकाहरूको हकहितका लागि काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरूलाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ २० वटा सिलाइ मेसिन सहयोग स्वरूप वितरण गरेको छ । यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सिर्जना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने बैंकले विश्वास लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया