काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दलहरुको नाराबाजीबीच नै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरिएको छ । आजको बैठकमा नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरुको नाराबाजीबीच नै सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रमको प्रति टेबल गर्न अनुमति दिए । तर त्यस समय कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए ।
मर्यौदापालकलाई सभामुख घिमिरेले सुरक्षा प्रदानका लागि निर्देशन दिए । त्यसपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनको प्रति टेबुल गरे ।
प्रतिक्रिया