मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

बागमती । मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट साथीहरूसँग वनभोज खान आएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उनले बताए ।

प्रतिक्रिया