पत्रकार यादवको मृत्यु शंकाष्पद देखिएकाले छानवीन होस : अध्यक्ष कर्ण

जनकपुरधाम । धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु शंकास्पद रहेको भन्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले उच्चस्तरिय छानवीनको माग गरेका छन् ।
महासंघ मधेस प्रदेश समितिको तेस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कर्णले प्रहरी प्रशासनले सो घटनाको सुक्षम छानविन गर्नुपर्ने बताए ।

उनले भने, ‘घटनाको गम्भिरता पुर्वक छानविन गर्नका लागि सम्बन्धित निकायलाई दबाब दिनुपर्ने देखिन्छ, मेरो यो प्रस्ताव नै हो ।’ उनले सो प्रस्ताव उपर बन्द सत्रमा छलफल गर्दै निर्णय गर्नुपर्ने सम्मको माग गरेका थिए । मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पनि समाचारमा आइरहेको विषय हेर्दा उनको मृत्यु शंकाष्पद जस्तो देखिएको भन्दै सुक्षम रुपमा छानविन गर्नुपर्ने माग गरे ।

साथै अधिवेशसको उद्घाटन सत्रका अन्य वक्ताहरुले पनि पत्रकारको मृत्यु घटनालाई गम्भिरताका साथ लिनुपर्ने बताए । महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको विशेष उपस्थितीमा भएको अधिवेशनको बन्द सत्रमा महासचिव श्याम बन्जारा र कोषाध्यक्ष बिश्वनाथ ठाकुरको क्रमश संगाठनिक र आर्थिक प्रतिवेदन उपर छलफल भएको बताइएको छ ।

पत्रकार यादवको गत मंगलवार विहान ३ बजे ढल्केवरबाट जनकपुरधाम जाने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । सो घटनालाई मृतक पत्रकार यादवको परिवारजनले पाएको विभिन्न तथ्यहरुबाट घटना शंकाष्पद रहेको आशकां बढ्न थालेको छ ।

प्रतिक्रिया