कृषि सहकारीद्वारा औजार वितरण

पाँचथर । हातेमालो कृषि सहकारीद्वारा सेयर सदस्य कृर्षकहरुलाई ५० थान घाँस काट्ने चापकटर औजार वितरण गरेको छ । प्रदेश १ की सांसद सिता थेवेको सांसद कोषबाट सामान खरिद गरि किसानलाई ३५ सय नगदमा अनुदानस्वरुप औजार वितरण गरिएको हो ।

शनिबार हातेमालो कृषि सहकारीले नवनिर्वाचित फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, वडाध्यक्ष गजाधर भट्टराई, वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरे, सिडिओ सुरेश न्यौपाने, कृषि ज्ञान केन्द्रका प्रमुख सालिकराम भट्टराई, पशु केन्द्रका प्रमुख लगायतलाई स्वागत तथा बधाई कार्यक्रम गरिएको थियो ।

कृषकहरुलाई औजार वितरण भने नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, सिडिओ लगायतले गरेको हातेमालो कृषि सहकारीले जनाएको छ ।

उक्त औजार वितरण कार्यक्रममा नगरपालिकालाई संस्थाले अस्पतालमा निःशुल्क स्वास्थ्य बिमाको औषधि नपाएको र ट्राफिक व्यवस्थापनमा ध्यानाकर्षण गराएको संस्थाका उपाध्यक्ष सुर्यकुमार निरौलाले जानकारी दिए । कार्यक्रममा हातेमालो कृषि सहकारी संस्था लिमिटेड पाँचथरका अध्यक्ष देविप्रसाद अधिकारीले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया