आक्रमणकारी बस्नेत कारबाहीमा

काठमाडौं, १४ असोज । नेपाल विद्यार्थी संघले कांग्रेस सभापति सुशील कोइरालालाई आक्रमण गर्ने प्रवेश बस्नेतलाई कारबाही गरेर संगठनबाट निस्कासित गरेको छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्णले आज विज्ञप्ति जारी गरेर बस्नेतलाई दुई बर्षका लागि संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।
सभापति कोइरालालाई शनिबार काठमाडौंको कपनमा क्षत्रे नम्वर चारको क्षेत्रीय सम्मेलनको उद्घाटनका क्रममा मञ्चमै पुगेर बस्नेतले आक्रमण गरेका थिए ।
कोइरालालाई प्रहार गरेको झ्यालको फ्रेमले लागेर तीन जना सामान्य घाईते भएका थिए ।

प्रतिक्रिया