एउटै महायज्ञबाट दुई धर्मको प्रवचन हुँदै

शुकदेव थपलिया, काभ्रे ।  एउटै  महाँयज्ञबाट बौद्ध र हिन्दु धर्मको प्रवचन गरिने भएको छ । एकै महायज्ञमा बोद्धदर्शन बारे दिव्य झाँकी लिला प्रर्दशन र प्रवचन क्षेत्र बहादुर लामाबाट गर्ने र हिन्दु धर्मको श्रीमद्भाग्वत कथा व्यास राष्ट्रिय विभुषित नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्री र मुमुक्षु श्री उद्व शर्माबाट प्रवचन गर्ने तयारी गरिएको छ ।

पूर्वीय दर्शनको अनुशरण गर्दै वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणार्थ १०५ श्रीमदभाग्वत गर्न लागिएको महायज्ञ समितिका अध्यक्ष कृष्ण बहादुर लामाले जानकारी दिए । स्वर्णिम श्रीमद्वागवत भत्तिल सत्संग महायज्ञ २०७५ फाउन १३ देखि २१ गते सम्म काभ्रेको बेथानकोक गाउँपालिका स्थित ४ छत्रे पाटीखर्कमा हुने बताए ।

महायज्ञ सोही ठाउँमा गर्नमा एक कार्कीको गाई हराएको र खोज्दै जाँदा गाईको थुन जस्तो भेटिएको र सोही ठाउँबाट अहिले पनि दुधको धारा बगिरहेको हुनाले ओझेलमा रहेको तिलेश्वर महादेवको मन्दिर स्थापना गर्न सहयोगर्थ सो यज्ञ गर्न लागिएको बताएका छन् । त्यस ठाउँबाट देखिने हिम श्रृङखला अवलोकन गर्न पर्यटकीय गन्तव्य समेत बनोस भन्नका लागी सो महायज्ञले सहयोग पुर्याउने विश्वास स्थानियहरूले गरेका छन् ।

प्रतिक्रिया