आपसी झगडामा एक विद्यार्थीको मृत्यु

पोखरा । पोखराको भद्रकाली माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीबीच झगडा हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

कक्षा ५ मा अध्यायनरत होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । शौचालयमा भएको झगडामा घाइते भएका होमबहादुर बिकको शुक्रबार मणिपाल शिक्षण अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरू दुवै कक्षा ५ मा अध्ययनरत १५ वर्षका विद्यार्थी हुन् ।

यही माघ २० गते उनीहरू नियमित कक्षा सकिएसँगै ४ बजेपछि शौचालय गएका थिए । शौचायलमा आशिष गुरुङले होमबहादुर बिकको पुरानो घाउ भएको गालामा ¥याल निकालिदिन्छु भन्दै आक्रमण गरेको विद्यार्थीलाई उद्धृत गर्दै विद्यालय प्रशासनले जानाएको छ ।

गुरुङले बिकलाई आक्रमण गरेपछि उनको पुरानो ट्युमर भएको गाला सुनिन थालेपछि विद्यालय प्रशासनले तत्कालै बिककी आमालाई बोलाएर उपचारको लागि पोखरा स्वास्थ्य प्रतिष्ठान –पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा पठाएको थियो। तर, त्यहाँ कार्यरत चिकित्सकले सिटीस्क्यान गर्नुपर्ने भन्दै तत्काल मणिपाल अस्पताल रिफर गरेका थिए ।

मणिपाल लगेर इमर्जेन्सीमा भर्ना गरेपछि चिकित्सकहरूले रगत जमेको भन्दै शल्यक्रिया गरेको उनीकी आमा खिमकुमारी बिकले बताइन् । अप्रेशन गरेका डा. कृष्ण कोइरालाले बिकको स्वास्थ्यमा पहिल्यैदेखि समस्या रहेकाले शल्यक्रिया गरेर पनि सफल हुन नसकेको बताए । ‘हामीले उनको समस्यालाई मध्यनज गर्दै तत्कालै शल्यक्रिया गर्यौं तर, बिडम्वना सफल हुन सकेन’ उनले भने । ‘भेन रब्जर भएकाले निकै प्रयासमा बिल्लिडिङ रोक्दै शल्यक्रिया गरेका हौं ।’

होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् । तर, विद्यालयले भने ट्वाइलेमा स्कुल समयपछि भवितब्य घट्ना भएको भन्दै दुख ब्याक्त गरेको छ ।

शिक्षिका मिनादेवी बरालले नियमित कक्षा सकिएपछि ट्युशन सुरु हुन १५ मिनेट अगाडी हुने ब्रेक टाइममा ट्वाइलेट जाँदा सो घटना भएको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बरालले बच्चाको पुरानो केसले गर्दा जटिल अवस्था आएको बताए । उनले पुरानो ट्युमरमा चोट लागेका कारण यस्तो भएको बताए । ‘हामी अत्यन्त उत्तरदायी छौँ । नैतिक जिम्मेवारी पनि लिन्छौँ’ उनले भने।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले घटनापछि नै आशिषलाई नियन्त्रणमा लिइएको बताए।

प्रतिक्रिया