“विनाकारण” सुरु

bina-karanकाठमाडौं : कुनै पनि घटना तथा दुर्घटनाको पछाडि केही न केही कारण हुन्छ, त्यसलाई विनाकारण भन्नु मुर्खता हो । हो, यस्तै विषय कथाका रूपमा लिइएको चलचित्र ‘विनाकारण’ निर्माण सुरु भएको छ । शुक्रबार चलचित्रको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजा गरी शुभमुहूर्त गरिएको छ ।
मुहूर्त लगत्तै छायांकन प्रारम्भ गरेको चलचित्र ‘विनाकारण’ले समाजमा घटिरहेका घटना तथा दुर्घटनालाई गहिरिएर केलाउन खोजिएको निर्माण पक्षले जनाएको छ । इन्साइट सिनेमा प्रालिको ब्यानरमा निर्माणाधिन चलचित्र ‘विनाकारण’का लेखन/निर्देशन किशोर अधिकारी रहेका छन् ।
संगिता अधिकारीको लगानी रहने ‘विनाकारण’ मा प्रविण खतिवडा, सरिता गिरी, समुना केसी, हरि अधिकारी, शेखर चापागाईं, मिश्री थापा, हुम बिसी, बेहषमान सुनुवार, गोरन चौधरी, लक्ष्मण न्यौपाने, सजन थापा, कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ । छायांकन श्याम रायमाझी, कास्टिङ सूर्य दयाले, शृंगार रामबाबु रेग्मी र राजु तामाङको संगीत रहने यस चलचित्रको अधिकांश छायांकन चितवनका रमाणीय स्थानहरूमा गरिने निर्देशक अधिकारीले जानकारी गराए । (सौस)

प्रतिक्रिया