पत्रकार ढुङ्गानालाई ‘गोल्ड मेडल’

काठमाडौं । राससका नारायण ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दिक्षान्त समारोहमा उनलाई उक्त पदक प्रदान गरिएको हो ।

विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएका ढुङ्गानालाई साे पदक प्रदान गरेका हुन् ।

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए ३ दशमलव ७५ अंक ल्याएका छन् । चितवन घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका उनी २० वर्षदेखि पत्रकारितामा संलग्न छन् । राससमा कार्यरत ढुङ्गानालाई विश्वविद्यालय परिसर माेरङ सुन्दर हरैचामा सम्मान गरिएको हो ।

प्रतिक्रिया