राइनास– ८ का बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

लमजुङ । लमजुङको राइनास नगरपालिका– ८ ले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको छ ।

आफ्नो वडाभित्र रहेका विद्यालयमा अध्ययन तथा अध्यापन गराउने शिक्षक, कर्मचारीहरु तथा सार्वजनकि पद धारण गरेका सम्पूर्ण पदाधिकारीहरुले आफ्ना परिवारका बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्न–गराउन नगरपालिका– ८ ले अनुरोध गरेको हो ।

साथै सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराई आम जनताको विश्वासलाई थप मजबुद गराउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानमा हातेमालो गर्न समेत वडा कार्यलयले आग्रह गरेको छ ।

यसअघि नै राइनास नगरपालिका– ५ ले पनि सो निर्णय गरिसकेको छ । यो निर्णय जिल्लाभरकै पहिलो निर्णय भएकाले सबैतिर चर्चा भएको नगरपालिका– ८ ले जनाएको छ । यो निर्णय नगरपालिकाको आफैँमा सकारात्मक भए पनि लागु गर्न भने कठिनाई हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया