फागुनमा प्रजातन्त्र सेनानी संघको महाधिवेशन

NC flag1काठमाडौं, २८ माघ । कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन पहिलोसाता नवलपरासीमा हुने भएको छ ।
संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाधिवेशन फागुनको ७ देखि ९ गतेसम्म गैंडाकोटमा हुने जनाएको हो । महाधिवेशन तयारीका लागि तिलकप्रसाद सापकोटको संयोजकत्वमा १ सय ५१ सदस्यीय महाधिवेशन तयारी समिति समेत गठन गरिएको छ ।
हालसम्म ५५ जिल्लाको अधिवेशन सम्पन्न भएको र माघ महिनाभित्र बाँकी जिल्लाको अधिवेशन भईसक्ने संघले जनाएको छ ।
गैडाकोटस्थित कालिका संस्कृत विद्यापीठमा हुने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति सुशील कोइरालाले गर्ने छन् ।

प्रतिक्रिया