पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाडौं । केही दिनदेखि देशमा पश्चिमी वायु सक्रिय हुन थालेको छ। यद्यपि यसको प्रभाव भने आंशिक नै छ। जसकारण देशका विभिन्न क्षेत्रमा केही दिनदेखि निरन्तर बादल लाग्ने र केही ठाउँमा हल्का वर्षा हुने भइरहेको छ । अहिले पनि सुदूरपश्चिमका साथै पश्चिमी पहाडी जिल्लाहरुमा मौसममा पूर्ण बदली आएको छ भने अन्य ठाउँमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बागमती र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै देशको केही उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

प्रतिक्रिया