उपनिर्वाचन : इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

प्रतिनिधिसभा सदस्यका लागि खड्काको यो दोस्रो पटकको पराजय हो । यसअघि २०७९ को प्रतिनिधसभा सदस्य निर्वाचनमा समेत खड्का स्वर्गीय सुवासचन्द्र नेम्बाङसँग एक सय १४ मतमा पराजित भएका थिए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

प्रतिक्रिया