इलाम–२ मा मिलन लिम्बुसहित १६ जना उम्मेद्‍वारको जमानत जफत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १६ जना उम्मेद्‍वारको जमानत जफत भएको छ । गत १५ गते भएको प्रतिनिधि सभा उपनिर्वाचनको मतपरिणाम आएसँगै रास्वपाका उम्मेद्‍वार मिलन लिम्बुसहित १६ जना उम्मेद्‍वारको जमानत जफत भएको हो ।

रास्वपाका लिम्बुसँगै एकीकृत समाजवादी जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुसहित १६ जना उम्मेद्‍वारको जमानथ जफत भएको हो।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

रास्वपाका लिम्बु चौथो स्थानमा रहँदै पाँच हजार ५० मत मात्र ल्याए । इलाम–२ बाट एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्‍वार डम्बर खड्कालाई पराजित गरेका हुन् ।

प्रतिक्रिया