गिरीबन्धु टि स्टेट प्रकरण : काठमाडाैंका मेयर बालेन्द्रले सार्वजनिक गरे सूची

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको गिरीबन्धु टि स्टेटलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने सरकारको निर्णयबारे टिप्पणी गरेका छन् । यस प्रकरणमा एक सय बढी कम्पनीको नाम सार्वजनिक गर्दै जग्गा सट्टा भर्ना प्रकरणमा ५० खर्बसम्मको खेलोफड्को भएको हुन सक्ने बालेन्द्रले बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउनु पर्ने भन्दै निवेदन हालेका कम्पनीको नाम नै सार्वजनिक गरेका छन् ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागे पनि बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका पनि उल्लेख गरेका छन् ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेका थिए ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको बालेन्द्रको आशंका छ ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेको उनले बताएका छन्

बालेन्द्रको स्टाटसमा उल्लेखित जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :


१-     केपी ओली ट्रस्ट


२ –    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर


३-    केशरी चिया बगान पाँचथर


४-    ओमटी गार्डेन प्रालि इलाम


५-     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम


६-     इलाम टी–स्टेट इलाम


७-     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम


८-    माङमालुङ चियाबगान लि. इलाम


९-    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम


१०-    हिम चियाबगान प्रालि इलाम


११-   फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम


१२-    रोनक टी–स्टेट झापा


१३-    गोमादेवी टी–स्टेट झापा


१४-    झापा टी–स्टेट झाप


१५-    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा


१६-    कल्पना टी–स्टेट झापा


१७-   मोहन टी–स्टेट इन्डस्ट्रिज झापा


१८-    बज्रायोगिनी टी–स्टेट प्रालि झापा


१९-    ज्यामिरगढी टी–स्टेट झापा


२०-    राज टी–स्टेट झापा


२१-    पदम टी–टेट झापा


२२-    इलाम चियाबारी प्रालि झापा


२३-   पौडेल बन्धु टी–स्टेट प्रालि झापा


२४-    हिमाल इन्टरनेसनल प्रालि झापा


२५-    नक्कलबन्दा टी–स्टेट झापा


२६-    चकचकी टी–स्टेट झापा


२७-    लक्ष्मी टी–स्टेट झापा


२८-    सौरभ चिया उद्योग प्रालि झापा


२९-    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा


३०-    चन्द्रगढी टी–स्टेट प्रालि झापा


३१-    रोमन टी–स्टेट प्रालि झापा


३२-    हडिया रियल टी–स्टेट प्रालि झापा


३३-    प्रयास चिया उद्योग झापा


३४-    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा


३५-    न्यू–गिरी एन्ड सन्स झापा


३६-    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा


३७-    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा


३८-    जीपीको इराला फाउन्डेसन मोरङ


३९-    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ


४०-    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा


४१-    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा


४२-    मुँगा टी गार्डेन्स प्रालि धनकुटा


४३-    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा


४४-    मारुती सिमेन्ट प्रालि सिरहा


४५-    केचना टी–स्टेट प्रालि दोलखा


४६-    सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु)  गार्मा र तिङला, सोलु र रसुवा


४७-    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु


४८-     ग्रीनभेन्चर्स प्रालि रामेछाप


४९-   हिमालय ऊर्जा विकास क-(अप्पर खिम्ती) चुचुरे रामेछाप


५०-    रिलायन्स सुगुर एन्ड केमिकल्स इ।प्रालि बारा


५१-    गिजरा खाडाखारी मिल प्रालि बाँके


५२-    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ


५३-    इको अर्गानिक फार्मस प्रालि काभ्रे


५४-    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे


५५-    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र


५६-    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक


५७-    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे


५८-    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट


५९-    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा


६०-    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ


६१-    आराभ नेपाल भोर्डन एग्रिकल्चर क। प्रालि लमजुङ


६२-    हिमालयन पावर पार्टनरसिप लमजुङ


६३-    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा


६४-    सान्जेन जलविद्युत् कं.लि रसुवा


६५-    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर


६६-    घोरही सिमेन्ट उद्योग घोराही दाङ


६७-    सोनापुर सिमेन्ट प्रालि दाङ


६८-    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा


६९-    रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी


७०-    रोड सो रियल स्टेट प्रालि कास्की


७१-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
ललितपुर


७२-    नारायणी उष्ट प्रालि ललितपुर


७३-    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर


७४-   होमल्यान्ड हाउजिङ प्रा.ललितपुर


७५-    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं


७६-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर


७७-    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर


७८-    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं


७९-    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं


८०-    सिनर्जी प्रोपर्टिज डेभलपर्स प्रालि दहचोक काठमाडौं


८१-    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन


८२-    सांग्रिला हाउजिङ प्रालि काठमाडौं


८३-    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं


८४-    बागमती प्रपर्टी डिलर्स प्रालि। काठमाडौं भक्तपुर


८५-    युरो इन्भेस्टमेन्ट प्रालि काठमाडौं


८६-    आयुषा डेभलपर्स प्रालि काठमाडौं


८७-    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं


८८-    हेभेन्स भिलेज प्रालि काठमाडौं


८९-    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं


९०-    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं


९१-    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं


९२-    टावर हाउजिङ प्रालि काठमाडौं चितवन


९३-    टचउड हाउजिङ प्रालि काठमाडौं


९४-    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि


९५-    सीडी डेभलपर्स प्रालि काठमाडौं


९६-    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं


९७-    तनहुँ हाइड्रोपावर लि.तनहुँ


९८-    लिवर्टी इनर्जी क.लि. लमजुङ


९९-    काबेली इनर्जी पाँचथर


१००-    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा


१०१-    गिरिबन्धु टी–स्टेट प्रालि झापा

प्रतिक्रिया