काठमाडौं । गंगानारायण श्रेष्ठले नेतृत्व गरेको तत्कालिन नेपाल समाजवादी पार्टीबाट माओवादी केन्द्रमा एकतामा आएका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
गत जेठ १२ मा माओवादी केन्द्र र नेसपाको बिचमा एकता भएको थियो । एकतापछि श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको थियो भने १५ जनालाई केन्द्रीय सदस्य र दुई जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको थियो ।
आज बसको पार्टीको सचिवालय बैठकले थप १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रले कृष्ण कुमार भण्डारी (काभ्रे), मीनबहादुर दर्जी (झापा), कृष्ण सापकोटा (बागलुङ), मोदनाथ तिमल्सिना (सिन्धुली) र प्रमिला यादव (धनुषा) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ ।
त्यस्तै, मेघराज तामाङ (रामेछाप), डा. जयनारायण यादव (सिरहा), राजु महर्जन (काठमाडौं), टीका कन्दङ्वा (तेह्रथुम), अनिता थिङ (काभ्रे) र शंकर अधिकारी (धादिङ) लाई पनि वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।
त्यसैगरी, बद्री विलास मिश्र (लमजुङ), शोभा माझी (सिन्धुली), राकेश साह (महोत्तरी) र राजन कुमार दनुवार (डोने) (उदयपुर) पनि वैकल्पिक केन्द्रीय सदस्य बनेका छन् ।
साथै एकता प्रक्रियामा पछिल्लोपटक नेसपा (नयाँ शक्ति) बाट समायोजित हेमबहादुर थापा (कास्की) लाई पूर्ण केन्द्रीय सदस्य र राजु क्षेत्री (कास्की) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको केन्द्रीय सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया