लगातार एकसय १५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै जोशी

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिकाका मुकेशराज जोशी ११५ घण्टा लगातार पढेर गिनिज बुक (वर्ल्ड रेकर्ड) मा नाम लेखाउँने तयारी गर्दै छन् । ११५ घण्टासम्म लगातार विभिन्न किताबहरू पढेर उनले गिनिज बुकमा नाम लेखाउँने तयारी गरेको बताइएको छ ।

आगामी भादौ २३ गतेबाट गिनिज इभेन्ट्सको आयोजनामा पढाई सुरु हुने कार्यक्रममा जोशीले आफ्नो क्षमता देखाउने छन् । गोल्डेन आइ डान्स सेन्टर उक्त कार्यक्रमको सहआयोजक रहेको निगिज इभेन्ट्का अध्यक्ष तथा मोटिभेसनल स्पिकर सन्तोष लामाले बताए । जोशीले इतिहासलगायत विभिन्न प्रख्यात व्यक्तिहरूका जीवनी तथा अन्य किताबहरू पढ्ने जनाइएको छ ।

प्रतिक्रिया