एमाओवादी औपचारिक रुपमा विभाजित

काठमाडौं, ४ असार । लामो समयदेखि चरम आन्तरिक विवादमा रहेको एमाओवादी अन्ततः औपचारिक रुपमा विभाजित भएको छ ।
शनिबारदेखि काठमाडौंमा चलेको एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको राष्ट्रिय भेलाले पार्टी विभाजन गर्ने निर्णय गरेको हो । बैद्य समूहले विभाजित पार्टीको नेकपा (माओवादी) राखेको छ ।
४४ सदस्सीय कार्यसमितिको नेतृत्व बैद्यले गर्ने छन् । राजनीतिक कार्यदिशामा संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहालसँग वैचारिक विवाद भएपछि बैद्य समूहले भेला बोलाएर पार्टी विभाजन गरेको हो ।
विगत विस बर्षदेखि एमाओवादीको महाधिवेश हुन सकेको थिएन । जनयुद्धका क्रममा विभिन्न आरोह अवरोहपारगर्दै आएको तत्कालिन नेकपा (माओवादी) जनमोर्चा नेपालसँगको एकीकरणसँगै नाम परिवर्तन भई एकीकृत नेकपा (माओवादी) भएको थियो ।
नेकपा (माओवादी) को महाधिवेशन आगामी फागुन १ गते गर्ने निर्णय पनि बैद्य समूहले गरेको छ । भेलाका निर्णयको मंगलबार पत्रकारसम्मेलन गरेर जानकारी गराईने छ ।

प्रतिक्रिया