संविधानसभाको रिट विशेष इजलासलाई

काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतले एक दिनका लागि संविधानसभा व्युँताउन परेको रिटलाई विशेष इजलासमा लैजाने निर्णय गरेको छ ।
प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले सो रिटमा सुनुवाईका लागि विशेष इजलासमा लैजाने निर्णय गरेको सर्वोच्चले जनाएको छ । सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।
जेठ १४ गते राति संविधानसभाको निर्वाचन घोषणा भएपछि न्यायाधीश तर्कराज भट्टको एकल इजलासले दुवै रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।
संविधानसभाको निर्वाचन गराउने निर्णय कुन कानून र संवैधानिक व्यवस्थाअन्तर्गत भएको हो भन्नेसमेत घोषणामा नखुलेको जिकिर गर्दै निर्णय बदर गर्न रिटमा माग गरिएको थियो ।
सर्वोच्चमा दायर अर्को रिटमा चुनावको घोषणा राजनीतिक तथा संवैधानिक अभ्यासविरुद्ध भएको उल्लेख छ ।

प्रतिक्रिया