सोमलिंगको स्थापना चता भृंगीश्वर उत्पत्तिको कथा प्रसंग

नेपाल महात्म्य – १२

राजाले एकान्तमा सर्ववर्मा पण्डित र गुणाढ्यलाई बोलाएर भने, ‘मेरा पण्डित हजुरहरू दुबै जना गुणशाली हुनुहुन्छ । आज पानीमा खेल्दा म पत्नीबाट लज्जित हुन पुगेँ । लीलावतीले मलाई ‘हे महाराज मलाई मोदक दिनुहोस्’ भनिन् । उनका कुरा सुनेपछि हे उत्तम द्विज हो ! मैले तुरुन्तै हजारौँ लड्डु लेराउन लगाई उनलाई दिएँ । उनी मेरो चाला देखेर ठूलो स्वरले हाँसिन् र एकैछिनमा उदास भइन् । त्यसपछि म खिन्न भएँ, मलाई अति नै लाज लाग्यो । हे उत्तम ब्राह्मणहरू ! यो मोदक शब्दको के अर्थ होला ?’

मोहनप्रसाद सापकोटा

अगस्त्य भन्नुहुन्छ, हे श्याम ! यहाँ गोकर्णेश्वरको छेउमा बसेर रावणले कठिन तपस्यागरे र त्यसैका प्रभावले उनी तीन वटै लोकमा कसैले हराउननसक्ने गरी शक्तिशाली बने । उनले देवताका राजा इन्द्र, पृथ्वीका सबै राजाहरू र नागलोक (पाताल) लाईसमेत नियन्त्रणगरी महाशक्तिशाली लोकेश्वर भई रहन लागे । मार्कण्डेय भन्नुहुन्छ, हे जैमिने ! यसपछि ती मुनिश्रेष्ठ अगस्त्यले रावणको उत्पत्तिआदिको कथा भनी सकेपछि मुनिगण र चन्द्रमासहितकारुणिकेश्वर(शंकमूल) तिर जानुभयो । चन्द्रमाले त्यहाँकारुणिकेश्वरमा दानहरू दिई भगवान्को दर्शन गरी सबै जनावज्रयोगिनीको दर्शनार्थ गए । त्यहाँ चन्द्रमाले देवीको यथाविधिपूजाआजा गरी नारायणको दर्शनका लागि चाँगु गए ।

यसपछिसबै पाप नाश गर्ने अनन्तलिंगको दर्शन गरी अगस्त्यसहितदर्शनार्थ पुनः कुम्भेश्वरतिर गए । केही पर पुगेपछि अगस्त्यसहित सबैले आराम गरे । त्यसै बेलामा त्यहाँ रहेको एउटाजलाशयमा एउटा भँगेरो पानी पिउन गयो । उत्ति नै खेर एउटाचील(बाज) ले त्यो भँगेरालाई झम्टियो । हे मुनिश्रेष्ठ!चीलले भँगेरालाई समाएको देखी चन्द्रमाले दयागरी भँगेरालाईचीलको पञ्जाबाट मुक्त पारी दिए । त्यसपछि त्यो घाइतेभँगेरालाई दयालु चन्द्रमाले मुनिसमेत भई त्यो जलाशयमा पानीपिउनका लागि राखी दिए । तर त्यो भँगेरोले त्यो मनोहरतीर्थमा प्राण त्याग ग¥यो ।

यसपछि त्यो भँगेरो आफ्नो रूप छाडीतुरुन्त एउटा दिव्य शरीर भएको, तताइएको सुन (झलझल गर्ने) का आभूषण लगाएको पुरुष हुन पुग्यो । अनि त्यहाँ शिवकै रूपभएका शिवका दूतहरू आइपुगे । बलिरहेको अग्नि समानको विमान लेराएर अर्को कुनै विद्याधर(एक देवयोनि)लाईभैmँ गरी उसलाई त्यो विमानमा लगी बसाए ।

अनि सूर्य समानको उसलाई चमर हम्कँदै लिएर गए ।मुनिगणका बीचमा रहेका चन्द्रमा यो घटना देखेर अचम्ममा परे। यसपछि अचम्ममा परेका चन्द्रमाले अगस्त्य मुनिलाई ‘म यो तीर्थमा एउटा सुन्दर शिवलिंग स्थापना गर्नेछु’ भने । भँगेराको अद्भूत दृश्य देखेका अगस्त्यले पनि चन्द्रमाको कुरासुनरे हर्षित हुँदै भने ‘हुन्छ, यो अति दुर्लभ तीर्थमा एउटामहालिंग स्थापना गर ।’ त्यसपछि मुनिले बताएका विधि रपढेका अति पवित्र मन्त्रले आफ्नो नामबाट चन्द्रमाले त्यहाँमहिमा प्रख्यात भएको शिवलिंग स्थापना गरे ।

हे मुनिश्रेष्ठ ! लिंग स्थापना गर्नाले नै सबै मुनिगणका सामु चन्द्रमाले आफ्नो गुमेकोतेज (पुनः) प्राप्त गरे । त्यसपछि भगवन् अगस्त्यलेअगाडि आएर सबै मुनिहरूलाई सम्बोधन गर्दै भन्नुभयो । ‘हे मुनिगण ! सबै जना मेरा सत्य कुरा सुन्नुहवस् । चन्द्रमालेस्थापना गरेको हुनाले यो उत्तम शिवलिंगको नाम सोमलिंग भनीरहनेछ । चटकतीर्थमा नुहाएर भक्तिपूर्वक सोमलिंगको दर्शन गर्नेमानिस महापापबाट पनि मुक्त हुनेछ । जसले सोमबारेचतुर्दशीका दिन पृथ्वीको यो उत्तम सोमलिंगको दर्शन गर्दछउसका हातैमा सिद्धि प्राप्त हुन्छन् ।ख्यालख्यालमै पनि जसलेसोमवार यो शिवलिंगको दर्शन गर्नेछ उसले पनि शिवकोसान्निध्यता प्राप्त गर्नेछ । यो चटकतीर्थको जल छुनाले पनिमानिस महापापबाट मुक्त हुनेछ, यसमा अन्यथा नसोच्नू । हेमुनिजन ! यो सत्य, अति सत्य र परम सत्य वचन सुन्नुहोस् ।सोमलिंगका भक्तलाई कहिल्यै विपत्ति आउँदैन ।सोमलिंगका भक्तहरू धनधान्यले भरिपूर्ण हुनेछन् ।’

कुम्भबाट जन्मिएका अगस्त्य ऋषिले मुनिहरूलाई यति भनेपछिचन्द्रमालाई शिवको विधिपूर्वक पूजा गर्न आदेश दिनुभयो ।अनि मुनिका मुखबाट उच्चारण भएका चार वटै वेदकामन्त्रहरूबाट चन्द्रमाले सोमलिंगलाई विधिवत् पूजा गरे । मार्कण्डेय भन्नुहुन्छ, त्यहाँ विधिवत् पूजा गरीसकेपछि अगस्त्य र मुनिगणसहितचन्द्रमा कुम्भेश्वर गए । त्यहाँ कुम्भेश्वरको पूजा गरी सकेपछिअगस्त्य मुनि हरिसिद्धिको दर्शन गरी दक्षिणतिर गए ।चन्द्रमा पनि निर्मल भई स्वर्गतिर गए र सबैबाट पूजित हुँदैमुनिजनबाट (पहिलेभैंm) यज्ञको भाग पाउन लागे ।मुनिहरूपनि सबै आआफ्ना आश्रमतिर लागे ।
जो उत्तम मानिस योसोमलिंगको उत्पत्तिसम्बन्धी कथा सुन्दछ उसले यस लोकमासुख भोगगरी मृत्युपछि स्वर्ग प्राप्त गर्दछ । हे जैमिने ! कलियुगमाप्रायः कसैले पनि सोमलिंगको भित्री महिमा जान्दैनन् । हे विप्र !मैले यो महिमा तिमीलाई बताएँ । अब के सुन्न चाहन्छौँ?

सूत भन्नुहुन्छ, मार्कण्डेयका मुखारवृन्दबाट सोमेश्वरको उत्पत्तिसम्बन्धी कथासुनी सन्तुष्ठ जस्तै भएका जैमिनी पुनः सोद्धछन् । ‘हे महाभाग्यशाली मार्कण्डेय ! हजुरको जय होस् । हे मुनिश्वर! हजुरका मुखकमलबाट निस्केका कथारूपी अमृत पिएर मेरोतिर्खा मेटिँदैन । पूरै सन्तुष्टी पनि भएन । हे मुनिश्रेष्ठ! रावणकथासहितको सोमलिंगको उत्पत्तिसम्बन्धी कथा सुनेपछि भने मलाई अति नै सन्तोष भयो । हे ब्रह्मन् ! हे मुनि !श्लेष्मान्तक वनमारहेका सोमलिंग समानका अरू लिंगहरूका बारेमा पनि मलाई बताउनुहोस् ।’

जैमिनिको अनुरोधबाट उत्प्रेरित भएकामुनिश्रेष्ठ मार्कण्डेयले ‘हे जैमिनि ! म अब भृंगीश्वरउत्पत्तिको कथा भन्दछु’ भन्दै पुनः शुभ कथा भन्नसुरु गर्नुभयो । जुन कथा सुन्नाले मात्र पनि सबै पाप नाश हुन्छ । प्राचीनकालमा अनेक धातुले बनेको, अनेकौँ झरनाहरूलेसुशोभित, अनेक थरी वृक्षहरूले शोभायमान, अप्सराको समूहलेघेरिएको, सिद्ध एवं विद्याधरले युक्त, सुनौला कमल सहितकोमन्दाकिनी (नदी) ले युक्त, कामधेनु र कल्पवृक्षले व्याप्त, अनेकथरी चराहरूको कर्णप्रिय आवाज आइरहने, अनेक प्रकारकाशिवगणले चारैतिरबाटघेरिएको बाघको, बिरालाको तथा सिंहको जस्तो मुख भएका,गोडा नभएका, धेरै गोडा भएका, छोटा गोडा भएका, त्यस्तै काननभएका, धेरै कान भएका, गाईको जस्तो, गधाकोजस्तो,घोडाको जस्तो, ऊँटको जस्तो तथा हात्तीको जस्तो कान भएका, ठूलो पेट भएका, कुप्रा,बाँदरजस्ता, अग्ला, डरलाग्दा र नमिलेका दाँत भएका, पेटमामुख भएका, ठूलो मुख भएका, धेरै हात भएका, बाँदरको जस्तोमुख गरेका, बँदेलको जस्तो मुख गरेका तथा हात नभएका ःयस्ता प्रकारका (शिवगणबाट) चारैतिरबाटघेरिएको कैलाशको चुचुरोमा बाघको छालामा बसेका, चन्द्रमा जस्तै सेतो खरानीघसेका, तीन आँखा भएका, अत्यन्त आनन्ददायक रूपका, अतिप्रसन्न अनुहारका र मुस्कुराएर बोल्ने शिवलाई देखी पार्वतीले नमस्कार गरी हात जोडेर एकान्तमापार्वतीले नम्रतापूर्वक उत्सुक हुँदै सोध्नुभयो ।

‘हे देवका पनि देव महादेव! हे चन्द्रमालाई शिरमा धारणगरेका ! हे प्रभु ! कसैले पनि थाहानपाएको एउटा विचित्रको कथा भन्नुहोस् । हजुरबाट सुनेपछि मत्यो कथा मेरा सखीहरूलाई बताउँदछु प्रभु ।हे संसारका मालिक ! मैले कथा भनेपछि सुनेर ती खुसी हुनेछन् ।’ पार्वतीको कुरा सुनेर जगतका मालिकले हाँस्दै आफ्नो गण (एवं वाहन) नन्दिलाई बोलाएर भन्नुभयो, ‘जबसम्म योउत्तम एवं विचित्र मन्दिरमा म पार्वतीलाई कथा भन्दछु तबसम्महे नन्दि ! तिमी ढोकामा बसी गण आदि सबैलाई भित्र आउननदिई रोक (पहरा देऊ) ।

महादेवका कुरा सुनी नन्दि पनि शिवकोआज्ञा पाई तुरुन्त ढोकामा गई सबै गणहरूलाई छेकी पहरा दिनथाले । त्यसपछि त्यो विचित्रको भवनमा शिव भगवान्ले गएरढोका लगाई पार्वतीलाई मनोहर कथा बताउनुभयो । यसैबेलामाशिवका एक गण भृंगी भित्र जाने मनले त्यो ढोकामा आइपुगे । भित्र जान नपाएपछि भृंगी आफ्नो घरमा फर्की गएर एकछिनसोचविचार गरी भँमराको रूप लिएर पुनः शिव कहाँ गए। त्यहाँ पुगेर ढोकाको प्वालबाट भित्र छिरे । त्यहाँशिवबाटपार्वतीका अगिल्तिर अमृतसमानको कथा भनियो। त्यो कथा भँमराको रूप लिएका भृंगीले पनि सुने । अनिभृंगीले गएर आफ्नी विजया नाम गरेकी पत्नीलाई महादेवकामुखबाट सुनिएको त्यो उत्तम कथा सुनाए ।

एकदिन पार्वतीलेअचम्मको आसनमा बसेका बेलामा विजया आदि गरिएकाआफ्ना सबै सखीहरूलाई मुस्कुराउँदै ‘म आज कसैले नसुनेको अति उत्तम कथा भन्दछु’ भन्नुभयो । त्यसपछि जयाआदि सखीहरूले हात जोडेर पार्वतीलाई ‘हे महादेवी ! हेदैत्यहरूका घमण्ड नाशिनी ! त्यो कथा भन्नुहोस्’ भने ।

यस्ता तिनका कुरा सुनेपछि पार्वतीले शिवका मुखबाट सुनेकोकथा अती आनन्दित भएर भन्नुभयो । यसपछिसखीहरूमध्येबाट उठ्दै विजयाले पार्वतीलाई ‘यो कथा त मलाई पनि थाहा छ, आज्ञा दिनुहुन्छ भने भन्दछु’ भनिन् । यसपछिविजयाले कथा भनिन् । विजयाको मुखबाट कथा सुनेर ती पार्वतीदुःखी भइन् र जुरुक्क उठेर शिव भएका ठाउँमा गइन् । आफ्नीप्राणप्यारीलाई अति नै दुःखी देखेर शिव भगवान्ले ‘किन उदासभएकी प्रिये ?’ भनी माया गरेर सोध्नुभयो ।

शिवको कुरा सुनीपार्वतीले रिसाएर दुबै ओठ फरफराउँदै र बारम्बार काम्दैभन्नुभयो, ‘हे महादेव ! हजुरको कपटी मनलाई म जान्दिनँ । जुन कथा गोप्य तरिकाले हजुरले मेरा सामु भन्नुभएको थियो, हे जगतका मालिक ! त्यही कथा हजुरले विजयालाई पनिबताउनु भएछ । हे महेश्वर ! आज मलाई सखीहरूका बीचमालाजमर्दो भयो ।’

उनका त्यस्ता कुरा सुनेपछि शिवले पार्वतीलाई भन्नुभयो, ‘जबसम्म म ध्यानदृष्टिले सत्य कुरा पत्ता लगाउन्न तबसम्म तिमी उदास नहोऊ ।’
हे मुनि ! यति भनेर शिव तुरुन्तैध्यान गर्न लाग्नुभयो । ध्यानबाट कारण थाहा पाईशिवले भृंगीलाई बोलाएर रिसले राताराता आँखा पारी ‘हे अधम! तिमीले कपटपूर्ण तरिकाले भँमराको रूप लिई हामी बीचकोकुराकानी सुन्यौ, मैले पार्वतीसँग गरेको कुराकानी सुन्यौ, त्यसैले तिमी तुरुन्त कैलाशबाट तल खसी मानव बनी हालेस्’ भनी श्राप दिनुभयो ।

भगवान् शिवबाट कठोर श्राप पाएपछिभृंगीलेहात जोडी लौरोजस्तो भई भन्न लागे, ‘हे देव ! मैलेअनजानमा हजुरलाई मन नपर्ने काम गरेँ । हे देवताका देवतामहेश्वर ! मेरो अपराध क्षमा गर्नुहवस् । दुष्ट एवं मन्दबुद्धि भएको मेरा पाइला पाइलामा हुने अपराध महादेवबाहेक हे प्रभु ! अरू कसले नै सहन सक्दछ र ?’

भृंगीका यस्ता कुरा सुनेर दयाकाखानी महादेवलेभृंगीलाई ‘मेरो वचन कहिल्यै खेर जाँदैन (झुटो हुँदैन) । पृथ्वीमाब्राह्मण भएर जन्मी विद्वान्, धार्मिक र यशस्वी हुँदै (जब) प्रेम,आनन्द र गुणले युक्त भएका नौ लाख स्तुति श्लोक रचना गरीअति दुर्लभ स्थानमा शिवलिंग स्थापना गर्नेछौ तब मनुष्यको जुनि छाडी पुनः कैलाशमा आउनेछौ ।’

हे जैमिनि ! शिवले यतिभनी सक्नासाथ अति दुःखी हुँदै भृंगी आफ्नो अपराधले गर्दा पृथ्वीमा खसे । पृथ्वीमा उनी मथुराका एक तेजस्वी ब्राह्मणविष्णुदत्तका छोरा भएर जन्मिए ।पिताले यी बालकको जातकर्म आदि संस्कार ध्यान दिएर गरे । पृथ्वीमा यिनको नामयसपछि विनम्र गुणाढ्य भनी रहन गयो । मुनि(पिता)लेउनलाई व्याकरण आदि सबै विद्या पढाए । हे द्विजश्रेष्ठ! तीगुणाढ्य सबै शास्त्रमा निपुण भए । पिताको देहावसानभएपछि ती गुनिला गुणाढ्य उज्जयन देश गए । जहाँ धैर्यशालीमदन नामका राजा थिए । मदन राजाको ढोकामा (दरबारमा)सर्ववर्मा नामका पण्डित आचार्य थिए । उनले गुणाढ्यको परीक्षा लिई उनी अति बुद्धिमान्, कवि एवं पण्डितभएको कुरा राजालाई बताए । गुणाढ्य नामअनुसार नै उत्तमद्विज छन् भने । यी योग्य छन् यसैले यिनलाई हाम्रो दरबारको ढोकामा जागिर दिइयोस् भने ।

सर्ववर्माको कुरासुनेपछि राजाले पनि उनलाई जागिर दिए । ती पण्डित (गुणाढ्य) हरदम मदन राजाको ढोकामा बस्दथे । हे मुनि! मदनराजाकी अति सुन्दरी पत्नी थिइन् । उनको नाम लीलावतीदेवी थियो । उनी व्याकरण आदि शास्त्रमा निपुर्ण थिइन् । हे मुनिश्रेष्ठ! राजा भने व्याकरण जान्दैनथे । ग्रीष्म ऋतुमा एकदिन राजा गर्मीले आकुलव्याकुल भएर लीलावतीसहित भईपानीमा खेलिरहेका थिए । ती राजदम्पती सखीसमेत एक
आपसमा भीषण तरिकाले लगातार अँजुलीले पानी छ्यापाछ्यापगरी खेलिरहेका थिए ।निरन्तर अँजुलीले पानीछ्याप्दाछ्याप्दा रानी थाकिन् र पतिलाई ‘हे स्वामि ! अब मलाई मोदक दिनुहोस्’ भनिन् ।

रानीको यो प्रस्ताव राजाले बुझेनन् र रानीलाई अनेक स्वादका लड्डु लेराइदिए । हे मुनि ! अज्ञानी पतिको यस्तो ताल देखेर लीलावती पहिलेखित्का छोडेर हाँसिन् र एकैछिनमा उदास भइन् । हे मुनिश्रेष्ठ! अट्टहासपछि रानी उदास भएको देखेर राजा मदन लज्जित हुनपुगे ।

त्यसपछि राजाले एकान्तमा सर्ववर्मा पण्डित रगुणाढ्यलाई बोलाएर भने,‘मेरा पण्डित हजुरहरू दुबै जना गुणशाली हुनुहुन्छ । आजपानीमा खेल्दा म पत्नीबाट लज्जित हुन पुगेँ । लीलावतीले मलाई ‘हे महाराज मलाई मोदक दिनुहोस्’ भनिन् । उनका कुरासुनेपछि हे उत्तम द्विज हो ! मैले तुरुन्तै हजारौँ लड्डु लेराउनलगाई उनलाई दिएँ । उनी मेरो चाला देखेर ठूलो स्वरले हाँसिन्र एकैछिनमा उदास भइन् । त्यसपछि म खिन्न भएँ,मलाई अति नै लाज लाग्यो । हे उत्तम ब्राह्मणहरू! यो मोदकशब्दको के अर्थ होला ?’

मार्कण्डेय भन्नुहुन्छ, राजाका यस्ता कुरा सुनेपछि बोल्नमा चतुर ती दुबै द्विजले राजालाई यस्ता युक्तिसंगत कुरा भने, ‘हे राजन् ! रानी लीलावती गौड राजाकी छोरी हुन् । तिनी अनेकविद्या, काव्य, व्याकरण आदिमा विदूषी छिन् । हे नृपश्रेष्ठ!उनले मलाई पानी नफ्याँक भनेकी हुन् । जलक्रिडा गर्दा हजुरले यो कुरा ध्यान दिनु भएन । हजुरले लड्डु दिनुभयो यसैकारण गर्दा उनी हाँसेकी हुन् । अरू कुनै कारणले होइन ।’ तिनका कुरा सुनेपछि राजा मदनले तिनलाई फेरी यसो भन्न लागे, ‘मलाई कति समयमा व्याकरणको ज्ञान हुन सक्दछत ? हे द्विजहरू हो ! मलाई यस विषयमा ज्ञान लिन सक्छु किसक्दिनँ होला भनेर ठूलो शंका छ ।’

उनका यस्ता कुरासुनेपछि गुणाढ्यले राजालाई भने,‘हे राजन् !१२ वर्षमाहजुरलाई व्याकरणको ज्ञान म आपैmँ दिन सक्दछु । यसमाअन्यथा सोच्नु नै पर्दैन ।’ गुणाढ्यका कुरा सुनेर श्रेष्ठ विद्वानसर्ववर्माले राजालाई भने,‘हे राजन् ! म हजुरलाई दुई वर्षमै पूराव्याकरणको ज्ञान निश्चित रूपमा दिन सक्दछु ।’ उनकाकुरा सुनेपछि राजालाई उनले पुनः भने, ‘यदि दुई वर्षमै हजुर मलाई व्याकरणको ज्ञान दिन सक्नुहुन्छभने हे विप्रश्रेष्ठ! म हजुरलाई आधा राज्य दिनेछु ।’

मार्कण्डेय भन्नुहुन्छ, तिनका यस्ता कुरा सुनेपछि गुणाढ्यले राजालाई भने ।‘यदि सर्ववर्माले दुई वर्षमा नै हजुरलाई व्याकरणको ज्ञान दिनसके भने म शास्त्र नै त्याग गर्दछु । निश्चय नै सर्वस्व उनलाई दिएर म बनमा जानेछु र बाँचुञ्जेलसम्म संस्कृतलाई परित्यागगर्नेछु ।’ उनका कुरा सुनेपछि द्विजश्रेष्ठ सर्ववर्माले पनि गुणका खानी गुणाढ्यलाई प्रतिज्ञा गर्दै भने,‘हे द्विजोत्तम ! दुई वर्षभित्र मैले राजालाई व्याकरणको ज्ञान दिन सकिनँ भने निश्चितरूपमा म आजीवन संस्कृतलाई त्याग गर्नेछु । सबै कुरातिमीलाई दिएर वनमा जानेछु ।’

यस्तो प्रतिज्ञागरेपछि सर्ववर्मा उठेर घर गए । रातमा शिवपुत्र कुमारकोआराधना गरे । धूप, दीप, नैवेद्य आदिले भक्तिपूर्वकआराधना गरेपछि रातमा कुमार सर्ववर्मासँग प्रसन्न हुनुभयो। उहाँलाई देखेर द्विजश्रेष्ठ सर्ववर्माले नमस्कार गरे । उनलाईनम्र भइरहेको देखी कुमारले भन्नुभयो । ‘हे श्रेष्ठ ब्राह्मण ! म प्रसन्नछु वरदान माग, शंका नगर ।’ कुमारका वचन सुनेपछि सर्ववर्माले फेरी भन्न लागे, ‘हजुर मसँग प्रसन्न हुनुहुन्छ भने मलाई छोटो वा लघु व्याकरणको ज्ञान दिनुहोस् ता कि म त्यो ज्ञान मदन राजालाई दिएर उनलाई साँच्चिकै पण्डित बनाउन सकूँ ।’

उनका कुरासुनेपछि अती पराव्रmमी कुमारले ती द्विजलाई ‘कलाप’ नामकव्याकरण शास्त्र बनाइदिनुभयो । आचार्यले पनि त्यो पुस्तकलिएर मदन राजालाई प्रयत्नपूर्वक पढाए । मदन राजा पनि पण्डितभए । त्यसपछि राजा मदनलाई व्याकरणको दृढज्ञान भएको देखेर गुणाढ्य लज्जित हुँदै आफ्नो सर्वस्व सर्ववर्मालाई दिए । सर्वस्व दिई संस्कृत पनि त्यागेर बनमा गए । त्यहाँ गुणाढ्यले चाँडै अतिसुन्दर आश्रम पनि बनाए ।अनि खरानी घसी,जटा पाली नित्य रुद्राक्ष माला लिएर शिवनाम जप्न थाले ।एकदिन दैववश तिनका आश्रममा मुनिगणले घेरिएका मुनिश्रेष्ठ पुलस्त्य आइपुगे ।
मुनिश्रेष्ठ पुलस्त्य आएको देखेर गुणवान्गुणाढ्यले उनको एवं अन्य मुनिगणको अभिवादन एवंस्वागतसत्कार गरी आसनमा बसाली जल आदिले उनलाई रअरू मुनिहरूलाई पनि पूजा गरे । त्यसपछि मुनिगणसहित आराम गरिरहेका पुलस्त्यलाई झुकेर नम्र भई गुणाढ्यले सोधे। ‘हे मुनिश्रेष्ठ! हजुरबाट मैले सबै कथा सुनँे । हे दयाका खानी ! अब यो कथा म कुन भाषामा लेखौँ, बताउनुहोस् ।’

मार्कण्डेय भन्नुहुन्छ, उनका कुरा सुनेपछि ब्रह्माका पुत्र एवं सबै कुरा जान्ने मुनिश्रेष्ठ पुलस्त्यले गुणाढ्यलाई पुनः यो कुरा भन्नुभयो, ‘पिशाच भाषामा नौ लाख गाथा लेख्नू अनि नेपाल नाम गरिएको सुन्दर र उत्तम पीठमा शिवलिंग स्थापना गर्नू । यसपछि हे ब्राह्मण ! तिमीले मोक्ष प्राप्त गर्नेछौ ।’ हे जैमिनि! यति भनेरब्रह्माका पुत्र मुनिश्रेष्ठ पुलस्त्य मुनिहरूले घेरिएर आफ्नो आश्रमतिर जानुभयो । त्यसपछि गुणाढ्य रुखका पात लेराउँदै गेरु आदि धातुले त्यसमा मनोहर गाथा लेख्न थाले । गुणवान्गुणाढ्य गाथा लेखेपछि त्यसलाई पढ्ने पनि गर्दथे ।

त्यसपछि गुणाढ्यले लेखेका गाथा सुनेर नै पशुहरू जतिखेर पनिखान नै छाडी उनका आश्रममा रहन थाले । जब श्रेष्ठ एवंगुणवान् गुणाढ्य शिवनाम जप्न थाल्दथे तब मात्र पशुहरू खानाको खोजीमा यताउता जाने गर्दथे । हे मुनि ! सिकारीहरूले मदन राजाका लागि त्यही जंगलबाट मृग आदि मारेर लगी उनकाभान्छेहरूलाई दिने गर्दथे । स्वाद एवं रस नभएको मासुखान दिएको देखेर राजाले भान्छेहरूलाई भने, ‘हे भान्छे हो ! किन मलाई सुकेको मासु खान दिइयो ?’

उनका कुरा सुनेपछि भान्छेहरूले राजालाई भने, ‘महाराज !हामीले त सिकारीले जस्तो मासु लेराएर दिन्छ त्यही नै पकाएरहजुरलाई दिएका हौं ।’ भान्छेका कुरा सुनेपछि राजालेसिकारीहरूलाई बोलाई भने, ‘तिमीहरूबाट के कारणले सुकेकोमासु लेराइएको हो ?’ राजाका कुरा सुनेपछिडरले थरथरकाँप्दै सिकारीहरूले भने, ‘हे महाराज ! बनका सबै मृगहरू दुब्लाभएका छन् । के कारणले ती दुब्लाए हामी जान्दैनौँ ।’ सिकारीहरूका कुरा सुनी तिनलाई राजाले भने, ‘हेसिकारीहरू हो ! के कारणले मृगहरू दुब्लाए, त्यो पत्ता लगाओ ।’

यसपछि राजाको आदेशअनुसार कारण खोज्न सिकारीहरू वनमा गए । वनमा तिनले एउटा सुन्दर आश्रममा बाक्ला दाह्री पालेका गुणाढ्यलाई गाथा लेख्दै पढ्दै गरिरहेको देखे। गाथा सुन्दै बसिरहेका पशुहरू देखे । हे मुनि! यसपछि तीपनि गाथा सुन्दै त्यही वन(आश्रम नजिक) मा बसे । दरबारफर्केनन् ।

(उता दरबारमा राजाले मासुबिना नै भोजन गरे । मासु नपकाएकोमा राजाले रिसले राताराता आँखा पारी (नपकाउनुको कारणका बारेमा) रिसाउँदै भान्छेलाई सोधे,‘किन आज मासु विनाको खाना लेराएर खुवायौ ?’ राजाबाटयस्ता रिसाएर सोधिएका प्रश्न सुनेर ।भान्छेहरूले राजालाईहात जोडेर भन्न लागे, ‘हे महाराज ! मासु लेराउनका लागि बनमा गएका सिकारीहरूयमलोकतिर नै गए जसरी फर्केर नै आएनन् ।’
तिनका यस्ताकुरा सुनेपछि बुद्धिमान राजा आचार्य सर्ववर्मालाई समेत लिई वनमा गए । त्यहाँ अनौठा र चित्रविचित्रका कथा भनिरहेको रखान पनि छाडी त्यो कथा सुन्दै पशुहरू बसिरहेका बोसो र मासु नभएका कमजोर पशुहरूलाई राजाले देखे । राजा पनि कथा सुनेर
हर्षित भए । अनि धर्ममा तत्पर गुणश्रेष्ठ गुणाढ्यलाई (गएर) नमस्कार गरे । त्यसपछि गुणाढ्यले पनि सर्ववर्मा आएको देखी उनलाई गुरुसमान मानी नमस्कार गरे, राजालाई आशीर्वाद दिए । अनि ती दुई राजा र ब्राह्मणलाई विधिवत् पूजा गरे ।

त्यसपछि सर्ववर्मको सल्लाहमा राजाले गुणाढ्यलाई ‘हे गुणाढ्य! पहिलेकै स्थितिमा रहने गरी दरबार फर्कनु होस्’ भनी आग्रह गरे । राजाको कुराको अन्तमा गुणाढ्यलेराजालाई भने, ‘हे राजन् ! हजुरको मप्रतिको प्रेमका बारेमा म जान्दछु । हजुरपनि मेरा बारेमा जान्नुहुन्छ । यसैले म हजुरलाई अनुरोध गर्दछु किमैले पिशाचभाषामा नौ लाख गाथा लेखेको छु । यसलाई हजुरले लगी संस्कृतमा उल्था गर्न लगाउनुहोस् । म क्षेत्रहरूमाउत्तम क्षेत्र नेपाल जान्छु ।’

हे जैमिनि ! यति भनी गुणाढ्यले गाथा लेखिएका पातहरू राजालाई दिए । यसपछि राजाती पात बोकी आफ्नो सहरतिर लागे । गुणाढ्य पनि श्लेष्मान्तक वनतिर गए । नोट ः मासु (पिशितम्) खानेलाई पिशाच भनिन्छ । पिशाच एक देवयोनि हो पनि भनिएको छ । यी पिशाचले बोल्ने भाषालाईपिशाचभाषा भनिन्थ्यो । रुखको पात एवं बोक्रामा लेखिएको नौ लाख श्लोकको यो शिवगाथा वास्तवमा कुन भाषामालेखिएको थियो ? त्यसको लिपी कस्तो थियो ? संस्कृतमा अनुवाद भएपछि यसको के नाम राखियो ? अहिले छछैन ?पिशाच भनेका जंगली आदिवासी हुन् अथवा अरू नै ? यी कुराहरूको उत्तर पाउन सकिएन । तिलेश्वर, चम्पकेश्वर र रामेश्वरगरी ६४ शिवलिंग मध्येका तीन शिवलिंग त्यहाँ रहेको वर्णन पाइन्छ । अहिलेको अवस्था के छ होला ? क्रमशः …

प्रतिक्रिया