भेरी नदीमा ट्याक्टर खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

आठबिसकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १४ छेपारेमा ट्याक्टर दुर्घना हुँदा दुुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् ।

आठबिसकोटबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज दिउँसो दुर्घना हुँदा मृत्यु हुनेमा ट्याक्टर चालक (साहु) आठबीसकोट नगरपालिका– १४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँकै १८ वर्षीय हरि शर्मा रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तीन जनालाई चौरजहारीस्थित मिसन अस्पतालमा पठाइएको बताइएको छ । घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।

ट्याक्टर भेरी नदीमा खसेकाले नम्बर खुल्न सकेको छैन भने घाइतेको पनि पहिचान खुलेको छैन । ट्याक्टर सडकदेखि सय मिटर तल भेरी नदिमा खसेको थियो । ट्याक्टरमा चालक र सहचालक सहित पाँच जना यात्रु रहेको बताइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया