अमृता, सुस्मिता र सरोजको संयुक्त आवाजमा कौडा गीत ‘ए माया’

काठमाडौं । गायिका अमृता लुंगेली मगर, सुस्मिता विश्व र गायक सरोज विरही कार्कीको संयुक्त आवाज रहेको टिपिकल तथा मौलिक कौडा गीत ‘ए माया’ को भिडियो बजारमा आएको छ ।

केही दिनअघि गायिका अमृता लुंगेली मगरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा शब्दद रचना र संगीत गायक सरोज आफैले गरेका छन् भने संगीत संयोजन नारायण डंगोलको रहेको छ । त्यसैगरी गीतको भिडियोमा उदिराम खड्काले निर्देशन गरेका छन् भने देव दोर्जे लामाले छायांकन गरेका हुन् ।

उक्त भिडियोमा गायक गायिका आफूहरु नै अमृता लुंगेली मगर, सुस्मिता विश्व, सरोज विरही कार्की, तिर्थबहादुुर गुरुङलगायत धेरै कलाकारहरुलाई देख्न सकिन्छ । गीत र भिडियो गाउँघरको झल्को मेटाउने मौलिक शब्द र पहिरनमा बजारमा ल्याएको गायिका अमृता लुंगेली मगरले बताइन् ।

यसभन्दा अगाडि पनि धेरै कौडा, झ्याउरे, तिजलगायत विभिन्न गीत बजारमा ल्याएर आफ्नो छाप छोड्न सफल गायिका लुंगेलीले गीत संगीतबाट केही अवार्डहरु प्राप्त गरेको जानकारी दिइन् । त्यस्तै केही वर्षदेखि अमेरिका बस्दै आएकी गयिका सुस्मिता विश्वले आफू विगत लामो समयदेखि गीतसंगीतमा लगाव राख्दै आएको र बिदामा स्वदेश आएको बेला यस गीतमा आवाज दिने अवसर मिलेको बताइन् ।

पहिला नेपालमा रहँदा दोहोरी साँझमा आफूले गरेका संघर्षबारे सुनाउँदै उनले बाध्यताले अमेरिका जानुपरेको उल्लेख गरिन् । हाल अमेरिका बसेर पनि गायिका अस्मिताले केही संघ–संस्थालाई आर्थिक रकम सहयोग समेत गरेकी छन् ।

उनले केही दिनअघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले देशमा रहेर आफ्नो कर्म गरिरहेका कलाकार र पत्रकार एवं सञ्चारकर्मीहरुलाई आपत–विपद् पर्दा सहयोगका लागि स्थापना गरेको ‘लोक सञ्चारकर्मी नेपाल लोक कल्याणकारी कोष’मा रु ५० हजार रकम जम्मा गरेकी थिइन् ।

प्रतिक्रिया