
काठमाडौँ । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिन डी सिनेमा खुलेको छ । एटिन डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक कार्यक्रमकोबिच उद्घाटन गरेका छन् । सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकैपटक १२ जनाले मनोरञ्जन गर्न सक्ने र बालबालिकाहरू भने १५ जना सम्मले एकैपटक खेलको अनुभव लिन सक्नेछन् । टिकट शुल्क ५० रुपैयाँ रहेको सञ्चालक उमेश घोरासाइनीले बताए ।
‘यसमा जंगल यात्राको अनुभव, रोबटको दुनियाँ, माछाको संसार, डरलाग्दो अनुभव, डाइनोसरको दुनियाँलगायतका विभिन्न १७ प्रकारका खेलहरूको मज्जा लिन सकिन्छ,’ सञ्चालक घोरासाइनी भने । हरेक दिन बिहान ८ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुने यस सिनेमा ५ वर्षभन्दा माथिका बालबालिकाले हेर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा पूर्वकै बिर्तामोड, इलाममा समेत उक्त सिनेमा सञ्चालन गर्ने तयारी गरिरहेकोसमेत घोरासाइनीले जानकारी दिए ।
प्रतिक्रिया