
काठमाडौं । ब्युटी उद्योगको एउटा उत्कृष्ट फ्युजन काठमाडौंको ढुंगेधारामा देखिने भएको छ । गायिका तथा उद्घोषक शितल शर्मा र टिकटकमा निकै लोकप्रिय ब्युटिसियन गीता आचार्यले संयुक्त रूपमा ढुंगेधारा चोक नजिकै ‘डिभाइन टच ब्युटी सेलुन एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन् ।
सेलिब्रेटीदेखि आमसर्वसाधारणसम्मलाई एउटै छानामुनि प्रिमियम तर सस्तो र सुलभ सेवा दिने उद्देश्यले यो अत्याधुनिक सेलुन सञ्चालनमा ल्याइएको शितल शर्माले बताइन् ।
लामो समयदेखि कला क्षेत्र, पत्रकारिता र उद्घोषणमा सक्रिय रहेकी सञ्चालक शितल शर्माले मोडलिङ क्षेत्रका व्यावसायिक व्यक्तिहरूदेखि साधारण ग्राहकसम्मको चाहनालाई बुझेर यो नयाँ गन्तव्यको सुरुवात गरिएको बताइन् ।
‘हाम्रो उद्देश्य केवल व्यवसाय मात्र होइन, ग्लामर्स र मिडिया क्षेत्रमा आबद्ध बुटिक लुक्स चाहनेहरूदेखि आमसर्वसाधारणसम्मलाई सस्तो मूल्यमा स्तरीय र विशिष्ट सेवा दिनु हो,’ शर्माले भनिन् ।
यसैगरी, ब्युटी सेलुनको दुनियाँमा १२ वर्ष लामो व्यावसायिक अनुभव सँगालेकी र टिकटकमा समेत भाइरल बनेकी अर्की सञ्चालक गीता आचार्यले महिला ग्राहकहरूका लागि यो सेलुन विशेष आकर्षण बन्ने दाबी गरिन् ।
यो सेन्टरमा हेड–टु–टोसम्बन्धी साधारण तथा आधुनिक ब्युटी पार्लर र सेलुनका सम्पूर्ण सेवाहरू उपलब्ध हुनुका साथै ब्युटिसियन बन्न चाहनेहरूका लागि व्यावसायिक स्तरको तालिम समेत प्रदान गरिने जानकारी आचार्यले दिइन् ।
दिदीबहिनीको यो नयाँ व्यावसायिक सहकार्यले काठमाडौंको ब्युटी एण्ड लाइफस्टाइल बजारमा फरकपन देखिने उनको भनाइ छ । आचार्य शितल शर्माकी आफ्नै बहिनी हुन् । उक्त डिभाइन टच ब्युटी सेलुन बिहान ८ बजे खुल्ने र राति ८ बजे बन्द हुने शितलले जानकारी दिइन् ।

प्रतिक्रिया