
काठमाडौं । काठमाडौंको धोबी खोलामा हाम फालेकी एक महिला शव फेला परेको छ । सशत्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका– १४ बल्खु कुमारी क्लब नजीकै को क्षेत्रस्थित बागमती नदीबाट सो शव निकालेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य सुरु गरेको थियो र अहिले शव भेटिए पनि पहिचान खुलेको छैन ।






प्रतिक्रिया