
काठमाडौं । प्रहरीले सर्वसाधारण तथा यात्रुहरुलाई दुःख तथा हैरानी दिने ३२ जनालाई पक्राउ गरेको छ ।
सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका३२ जडिबुटी बस्ने दोलखा शैलुङ गाउँपालिका–५ घर भएका २५ वर्षीय नविन तामाङ समेत ३२ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विगत लामो समयदेखि जडिबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जडिबुटी एरियाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया