प्रतिनिधिसभा बैठक २ साता स्थगित

सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक २ साताका लागि स्थगित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन १४ गते बिहान ११ बजे बस्नेछ ।

सरकारले संसद्लाई बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित गरिएको हो । बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा २ साता स्थगित गर्ने सहमति बनेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद्मा बिजनेस नभएको जानकारी गराएका थिए । त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकले २ सातालाई बैठक स्थगित गर्न सहमति जनाएका थिए ।

प्रतिक्रिया